आइतबार​, असोज १० २०७८ ०८:४८ PM

×

सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो, चाँदी स्थिर

images

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्यमा प्रतितोला ६ सय रुपैयाँले वृद्धि भए पनि चाँदीको मूल्य भने स्थिर रहेको छ ।

मंगलबार ९० हजार ६ सय रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य आज ९१ हजार २  सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै तेजावी सुनको मूल्य पनि ९० हजार ७ सय रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य बढे पनि चाँदीको मूल्य भने स्थिर रहेर १२ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 

बुधबार ३० भदौ २०७८ ११:२३ AM मा प्रकाशित

प्रतिक्रिया