×

खाद्य सुरक्षाका लागि थप लगानी गर्न आग्रह

images

नोम्पेन्ह । खाद्य सुरक्षाका लागि थप लगानी गर्न कम्बोडिया तथा संयुक्त राष्ट्रसंघीय एजेन्सीहरुले आग्रह गरेका छन् । कम्बोडिया सरकार तथा संयुक्त राष्ट्रसंघीय एजेन्सी संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले सो आग्रह गरेका हुन् ।

यी संस्थाहरुले संयुक्त विज्ञप्ति प्रकाशन गरेर विश्वका देशहरुलाई खाद्यान्न अभावको समस्या देशव्यापी रुपमा बढ्दै गएकाले यसका लागि अब सोच्नुपर्ने अवस्था आएको बताएका हुन् । आइतबार विश्व खाद्य कार्यक्रमका अवसरमा उनीहरुले विश्वका देशहरुलाई सो आग्रह गरेका समाचारमा जनाइएको छ ।

हाल विश्वमा आन्तरिक द्वन्द्वका कारण कैयौं देशबाट नागरिकहरुले देश छोड्नुपरिरहेको अवस्था छ । त्यस्तै बाढी पहिरो आदिका कारण पनि खाद्यान्न बालीमा समस्या उत्पन्न भएकाले खाद्यान्न अभावको अवस्था देखिँदै गएको पनि सो संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

साथै हालका वर्षहरुमा विश्वमा जलवायु परिवर्तनका कारण समस्या उत्पन्न भइरहको र यसले कुनै पनि देशका खेती प्रणालीहरुमा नै असर गरिरहेकाले यो अवस्था आएकाले पनि खेती प्रणालीहरुमा परिवर्तन ल्याइ नयाँ खेती प्रणालीको विकासका लागि थप लगानी गर्नुपर्ने अवस्था आएको पनि बताइएको छ ।

देशहरुले दिगो खाद्य विकास कार्यक्रमहरु ल्याउनुपर्ने र खाद्यान्नका आपूर्तिका विधि र तरिकाहरुमा पनि परिवर्तन ल्याउनुपर्नेमा जोड दिइएको छ । आइतबार विश्व खाद्य दिवस विश्वका विभिन्न देशका खाद्यान्नको आवश्यकता, यसको उपलब्धता र आगामी दिनमा खाद्यान्नको सुनिश्चितताजस्ता विषयमा आवश्यक छलफल र परामर्श गरी मनाइएको छ ।

साथै संयुक्त राष्ट्रसंघीय कार्यक्रम लगायतका विश्वका अन्य सरकारी तथा गैरसरकारी संघ-संस्थाहरुले पनि आगामी दिनहरुमा जलवायु परिवर्तनका कारण विश्वमा खाद्यान्न अभावका थप समस्याहरु झेल्नुपरिरहेकाले यसतर्फ सबै सचेत हुनुपर्ने सन्देश पनि यस दिवसका अवसरमा दिइएको छ । एजेन्सी

सोमबार ३१ असोज २०७९ १२:४७ PM मा प्रकाशित

प्रतिक्रिया