बिहीबार, मंसिर १६ २०७८ ०२:४९ PM

×

नेपाल बंगलादेश बैंकको डाइरेक्टरमा थापा, दाहाल र शाह, प्रमोटरतर्फ बंगलादेशी

images

काठमाडौं । नेपाल बंगलादेश बैंकको बिहीबार भएको साधारणसभाबाट पब्लिकतर्फको डाइरेक्टरमा इन्द्रबहादुर थापा, योगिता दाहाल र अमन शाह निर्वाचित भएका छन् । ६ जनाबीच भएको निर्वाचनमा थापा, दाहाल र शाह निर्वाचित भएको निर्वाचन कमिटिले जनाएको छ । 

बिहीबार भएको निर्वाचनमा इन्द्रबहादुर थापाले ५७ लाख मत ल्याएका छन् । त्यसैगरी दाहालले ४४ लाख र शाहले ४१ लाख मत ल्याएर बिजयी भएका हुन् ।  त्यसैगरी चुनावी मैदानमा उत्रिएका दीपक कार्कीले १५ हजार ८९८, मुकुन्द ढुंगेलले ४ हजार ७७० र विरविक्रम रायमाझीले १०० मत मात्र प्राप्त गरेका छन् । 


लामो समयदेखि बैंकिङ क्षेत्रमा आवद्ध थापा बैंक तथा वित्तीय संस्था परिसंघमा पनि सदस्य छन् । अध्यक्षहरुको संस्था भए पनि नेपाल बंगलादेश बैंकका अध्यक्ष बंगलादेशी भएको र उनी उतै वस्ने भएकाले बंगलादेश बैंकका तर्फबाट थापा प्रतिनिधित्व गर्छन् । 

दाहाल र शाह पनि बैंकिङ क्षेत्रको अनुभव संगालिसकेका व्यक्ति हुन् । बैंकिङ क्षेत्रको विकास र यस क्षेत्रमा देखिएका विकृत्तिलाई नीतिगत तवरबाट सुधार गर्न आफू लागि पर्ने शाहले बताए । 

कतिपय नीतिका कारण नेपालको बैंकिङ क्षेत्रले अप्ठ्यारो स्थिति भोगेको र त्यसलाई नीतिगत तरिकाबाटै समाधान खोज्न आफू लागिपर्ने थापाले जानकारी दिए । 
प्रमोटरकातर्फबाट बंगलादेशीहरु आएका छन् । नेपाल बंगलादेश बैंकमा ४१ प्रतिशत सेयर आइएफआइसी बैंकको छ । त्यो सेयर बेच्न आइएफआइसी तयार भएको छ । बैंकको अध्यक्ष आइएफआइसी बैंककातर्फबाट हुनेछ । 

बिहीबार २ मंसिर २०७८ ०८:४० PM मा प्रकाशित

प्रतिक्रिया