काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र र्याडिसन होटल काठमाडौंबीच बैंकका कार्डवाहकलाई विशेष छुट दिने समझदारीपत्रमा बुधबार हस्ताक्षर भएको छ ।
समझदारीपछि बैंकका कार्डवाहकहरूले लाजिम्पाटस्थित र्याडिसन होटल साथै सो होटलद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित लाउन्जबाट प्रदान गरिने सेवाहरूमा समेत विशेष छुट पाउनेछन् ।
साे बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरूलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको जनाइएको छ ।
प्रतिक्रिया