बिहीबार, मंसिर १६ २०७८ ०४:०५ PM

×

बुद्ध एयरको जहाज ‘स्याल’सँग ठोक्कियो, विमान र यात्रु सकुसल

images

त्रिभुवन विमानस्थलबाट नेपालगञ्जका लागि उडेको बुद्ध एयरको विमान ‘स्याल’सँग ठोक्किएको छ। प्रहरीका अनुसार एटिआर-७२ बिमान बुधबार साँझ सात बजेर सात मिनेट जाँदा नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा ‘स्याल’सँग ठोक्किएको हो।

अवतरणका क्रममा ‘स्याल’सँग ठक्कर खाए पनि विमान र यात्रु सकुसल रहेको बताइएकाे छ । ‘स्यालसँग ठोक्किए पनि विमान र यात्रु सकुसल छन्, विमानमा सामान्य क्षति भएको छ,’ अधिकारीले भने। जहाजलाई प्राविधिकहरूले हेरिरहेका छन्। यो घटनापछि जहाज उडान-अवतरण भने नरोकिएको हाे । 

बुधबार ८ मंसिर २०७८ ०९:३८ PM मा प्रकाशित

प्रतिक्रिया