×

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्चको परमादेश

images

काठमाडौं । बाराको निजगढमा निर्माण गर्ने भनिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वाेच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश हरिकृष्ण कार्की, ईश्वर खतिवडा, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत र मनोजकुमार शर्माको पूर्ण इजलासले निजगढमा विमानस्थल बनाउने निर्णय खारेज गरी उपयुक्त अरू ठाउँ खोजेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन परमादेश जारी गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए ।

अदालतको यो फैसलासँगै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना प्रभावित भएको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले दायर गरेको रिटमा अदालतले आज अन्तिम फैसला गरेको हो ।

अदालतले वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल चाहिने भए अन्यत्र खोज्न आदेशसमेत दिएको छ ।

बिहीबार १२ जेठ २०७९ ०४:४६ PM मा प्रकाशित

प्रतिक्रिया