×

घट्यो सुनको मूल्य, कतिमा काराेबार ?

images

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर ९७ हजार ८०० तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला ९८ हजार २०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ छ ।

अघिल्लो दिन प्रतितोला ९७ हजार ७०० पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २७० पुगेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८४५ डलर आसपासमा कारोबार भइरहेको छ ।

बिहीबार १२ जेठ २०७९ १२:४४ PM मा प्रकाशित

प्रतिक्रिया