मङ्गलबार, कात्तिक २ २०७८ ०४:२४ AM

×

२४ घण्टामा ८३४ संक्रमित थपिए, ९ जनाको मृत्यु

images

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८ सय ३४ जना कोभिड–१९ संक्रमित थपिएका छन् । १३ हजार ७ सय ३६ वटा स्वाब नमुनाको परीक्षण गर्दा ८ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा कोरोनाका कारण ९ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ ।

यो अवधिमा १ हजार २ सय ७९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १९ हजार १ सय ४२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।

आइतबार​ १० असोज २०७८ ०५:०६ PM मा प्रकाशित

प्रतिक्रिया