×

भारतका धनाढ्य मुकेश अम्बानी अंशबन्डा गर्दै, कसको भागमा के ?

images

एजेन्सी । विश्वका धनी व्यक्तिहरुमध्येका एक मुकेश अम्बानीले विगत २ दशकदेखि भारतको ठूलो लिस्टेड कम्पनी रिलायन्स इन्डस्ट्रिजको नेतृत्व सम्हालिरहेका छन् । ऊर्जादेखि प्रविधि समूह रिलायन्स इन्डस्ट्रिजको बजार पुँजीकरण बढेर २ खर्ब १७ अर्ब डलर पुगेको छ । 

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार मुकेश एसियाको दोस्रो विश्वको १० औं धनी व्यक्ति हुन् । उनको कुल सम्पत्ति ९१ अर्ब डलर छ।

मुकेशले वर्षौंदेखि वाल्टनदेखि कोचसम्मका अर्बपति परिवारहरूले आफूले बनाएको कुरा अर्को पुस्तामा हस्तान्तरण गर्ने तरिकाहरू अध्ययन गरेका छन्  । त्यही आधारमा उनले कदम चालेको अनुमान गरिएको छ । 

सन् २००२ मा पिता धीरुभाइ अम्बानीकाे निधनपछि कर्पोरेट घरानाको नेतृत्व उनको हातमा आएको थियो । उनकै नेतृत्वलमा रिलायन्सले कैयन् उपलब्धिहरु हासिल गरिसकेको छ । साथै पारम्पारिक बिजनेसबाहेक रिटेल र टेलिकमजस्ता क्षेत्रमा पनि कब्जा जमाएको छ ।

अम्बानी ६५ वर्ष भइसके । बढ्दो उमेरका कारण पनि उनले रिलायन्सको कारोबार तीन जना सन्तालाई बाँड्ने सोच बनाइरहेका छन् ।

नयाँ पिढीलाई नेतृत्व दिनुपर्ने बताउँदै आएका अम्बानीले यसअघि नै रिलायन्स जिओको चेयरमेन पदबाट राजीनामा दिए र छोरा आकाश नेतृत्व सुम्पिए । 

आकाशले ब्राउन युनिभर्सिटीबाट अर्थशास्त्रमा स्नातक गरेका छन् । 

यद्यपि मुकेश जियो प्लेटफम्र्स लिमिटेडका चेयरमेन बनिरहनेछन् । 

तीन सन्तालाई बरोबर भाग

गत वर्ष अगस्तमा मुकेशले रिटायरमेन्टको तयारी गरेको देखिएको थियो । पछि ब्लुमबर्गले पनि आफ्नो रिपोर्टमा यो कुराको जानकारी दिएको थियो ।

भनिन्छ तेलदेखि रिटेलसम्म फैलिएको विशाल कारोबार कसरी बाँडफाँट गर्न फेमिली काउन्सिल बनाउने योजना मुकेशको छ । यसले कसलाई के कति जिम्मेवारी दिने भन्ने निर्णय गर्नेछ ।

कसको भागमा के ?

रिलायन्स इन्डस्ट्रिजको कारोबार तीन मेजर भर्टिकलमा बाँडिएको छ । जसमा रिफाइनिङ एन्ड पेट्रोकेमिकल्स, रिटेल र डिजिटल सर्भिसेज रहेका छन् । 

रिटेल र डिजिटल बिजनेसका लागि पहिलेदेखि नै पूर्ण स्वामित्व भएका सब्सिडरी कम्पनी बनिसकेका छन् । यस्तै पेट्रोकेमिकल्स र रिफाइनिङ बिजनेस र ग्रिन इनर्जीको नयाँ बिजनेस प्यारेन्ट कम्पनीमातहत छन् । 

यी तीनै भर्टिकललाई बराबर भ्यालु हुने गरी बाँडिएको छ । जसमा आकाशलाई डिजिटल भर्टिकल दिने कार्य सुरु भइसकेको छ । 

साथै अनन्त अम्बानीका लागि पारम्परिक पेट्रोकेमिकल्स, रिफाइनरी र ग्रिन इनर्जीको भर्टिकल भागमा पर्छ भने ईशा अम्बानीको भागमा रिटेल भर्टिकल पर्छ । 

धीरुभाईको जस्तो गल्ति दोहाेर्याउन चाहँदैनन् मुकेश 

छोराछोरीलाई औपचारिक भूमिकामा ल्याएर मुकेशले आफ्नो बुबा धीरुभाईको जस्तो गल्ती दोहोर्याउनबाट जोगिन खोजिरहेका छन् । धीरुभाईको २००२ मा मृत्यु भएकाे थियाे । त्यसपछि मुकेश र उनका कान्छा भाइ अनिलले तीन वर्षसम्म रिलायन्सकाे अधिकारमा झगडा गरे ।

तिनीहरूकी आमाले साम्राज्य खडा गरेर विवाद समाधान गर्नुअघि मुकेशले तेल प्रशोधन र पेट्रोकेमिकल व्यवसायहरू विरासतमा पाए ।  जबकि कान्छो अनिलले वित्त, पूर्वाधार, ऊर्जा र टेलिफोनमा नयाँ उद्यमहरू पाए । अनिलको सबै व्यवसाय अहिले बिग्रिएको छ । 

अम्बानीले आफ्नो परिवारको होल्डिङ्सलाई ट्रस्टजस्तो संरचनामा सार्ने विचार गरिरहेको थिए । जसले मुम्बई सूचीबद्ध फ्ल्यागसिप रिलायन्स इन्डस्ट्रिजलाई नियन्त्रण गर्नेछ । 

बुधबार १५ असार २०७९ ०५:४२ PM मा प्रकाशित

प्रतिक्रिया