आइतबार​, असोज १० २०७८ ०९:१८ PM

×

इन्साइडर ट्रेडिङको आरोप लागेपछि धितोपत्र बोर्डका अध्यक्षसँग स्पष्टीकरण माग

images

काठमाडौं । इन्साइडर ट्रेडिङको आरोप लागेका धितोपत्र बोर्डका अध्यक्षसँग अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ । छोरी रेबिका ढुंगानाको नाममा सर्वोत्तम सिमेन्टको करिब १२ हजार कित्ता सेयर रहेको पाएपछि ढुंगानामाथि तीन दिनको समय दिएर स्पष्टीकरणको माग गरिएको हो ।

बुक बिल्डिङमार्फत नेपालमै पहिलोपटक सर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्ने तयारी गरिरहेको समयमा रेबिकाको नाममा कम्पनीको सेयर नामसारी भएको पाइएको थियो ।

भित्री सूचनाको आधारमा छोरीको नाममा अध्यक्षले सेयर खरिद गरी शक्ति दुरुपयोग गरेका खबर यसअघि प्रकाशित भएको थियो । सोही खबरको आधारमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले सत्यतथ्य विवरण मन्त्रालयमा बुझाउन निर्देशन दिएको हो ।

 

 

बिहीबार १४ साउन २०७८ १२:५९ PM मा प्रकाशित

प्रतिक्रिया