आइतबार​, असोज १० २०७८ ०८:५९ PM

×
images

कोभिड-१९ काबीच पाटनको कृष्ण मन्दिरमा भक्तजनकाे भीड (फाेटाेफिचर)

काठमाडौं । आज  साेमबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तजनहरु पूजा आराधनाका लागि बिहानै कृष्ण मन्दिर पुगेका हुन्। ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा सोमबार बिहानै भक्तजनको घुइँचो लागेको छ ।

हिन्दु धर्मकाअनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमीका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ ।

हरेक वर्ष जन्माष्टमीमा कृष्ण मन्दिरमा भक्तजनको भीड लाग्गे गर्छ । पछिल्लो वर्षहरुमा भने कोरोनाका कारण मन्दिरमा भीड कम भएको थियो ।

सोमबार १४ भदौ २०७८ ११:४७ AM मा प्रकाशित

प्रतिक्रिया