×

मौद्रिक नीतिको नयाँ व्यवस्थापछि प्रभु र सेन्चुरी बैंक मर्जमा जाने सम्झौता

images

काठमाडौं । निकै रस्साकस्सीबीच प्रभु र सेञ्चुरी बैंक एक आपसमा गाभिने (मर्जमा जाने)  सम्झौता गरेका छन् । दुई बैंकले आइतबार साँझ होटल म्यारियटमा मर्जमा जाने समझदारी (एमओयू) गरेका हुन् । 

images

प्रभु र सेञ्चुरी बैंकबीच मर्ज गर्न छलफल सुरु, स्वाप रेसियो मिलाउने प्रयास

अहिले स्वाप रेसियोमाथि छलफल भइरहेको छ । प्रभुसँग सञ्चुरीले १०० बराबर ८८ मागेकाे छ । प्रभु ८५ दिन तयार भइसकेको छ । दुवै पक्ष अहिले पनि छलफलमै छन् । 

नेपाल राष्ट्र बैंकले पुस मसान्तसम्म मर्ज भई एकीकृत कारोबार गर्ने बैंक ता वित्तीय संस्थाहरुलाई पूर्ववत् सुविधा उपलब्ध गराउने नीतिलाई निरन्तरता दिएपछि प्रभु र सेन्चुरी बैंक मर्जमा जान सम्झौता गरेका हुन् । 

यस अघि सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) को विषय नटुंगिँदा मर्जका लागि सम्झौता हुन सकेको थिएन ।

यद्यपि, प्रभु र सेन्चुरीका सञ्चालकहरुले केन्द्रीय बैंकलाई आफूहरुले सम्पूर्ण प्रक्रिया पूरा गरे पनि केही कार्य गर्न बाँकी रहेकाले असार मसान्तसम्म एमओयू गर्न नसकेको जानकारी गराएपछि  केन्द्रीय बैंकले सो सुविधालाई बढाएर पुसमसान्तसम्म पुर्याएको हो ।

अहिले १ बराबर १ अनुपातमा मर्जमा जान दुई बैंक सहमत भएका छन् । दुबै बैंकको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) रिपोर्ट प्राप्त भएपछि वास्तविकता आउने र त्यसैका आधारमा स्वाप रेसियो तय गर्ने सहमति भएको हो । 

मर्जपछि प्रभु बैंकको नाममा बैंकिङ कारोबार हुने भएको छ । एकिकृत बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन हुने सहमति भएको छ ।

यस्तै डेपुटी सीईओमा सेञ्चुरीका सीईओ मनोज न्यौपाने हुने भएका छन् । प्रभुबाट ४ र सेञ्चुरीबाट ३ जना सञ्चालक हुने सहमति भएको छ । मर्जपछि सेञ्चुरीका कर्मचारीको सेवा सुविधा कटौति नहुने भएको छ । 

प्रभुको चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा प्रभु बैंकले २ अर्ब ६० करोड रुपैयाँ खुदनाफा गरेको छ । यस्तै सेञ्चुरीको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।

सेञ्चुरी बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छैन । समान हैसियतमा मर्ज भएमा एकिकृत कारोबारपछि हुने बैंकको चुक्ता पुँजी साढे २२ अर्ब रुपैयाँ पुग्ने छ । 

आइतबार​ १५ साउन २०७९ ०८:३२ PM मा प्रकाशित

प्रतिक्रिया