एशियाली कृषि सम्मेलन साउन २६ मा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार २६, बिहीबार,०३:२४:PM  
एशियाली कृषि सम्मेलन साउन २६ मा

काठमाडौँ । नेपालमा एशियाली कृषकहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा युवा जमातलाई आकर्षित गर्ने उद्देश्यले सो सम्मेलन हुनलागेको आयोजकले जनाएको छ ।    

साउन २६ देखि २८ गतेसम्म ललितपुरमा आयोजना हुने उक्त सम्मेलनमा १२५ भन्दा बढी कृषक, उद्यमी तथा कृषि व्यवसायीको उपस्थिति रहने आयोजक संस्था फोर एच नेपालका संयोजक लोकराज अवस्थीले जानकारी दिए ।    

सम्मेलनमा नेपालका १० उत्कृष्ट कृषक तथा कृषि व्यवसायीलाई पुरस्कृत गरिनेछ । फरक–फरक छ विषयमा विभिन्न कार्यपत्र प्रस्तुत गरिनुका साथै कृषि वस्तुको विश्वबजारीकरणमा एशिया, कृषिमा नयाँ प्रविधिको प्रयोग तथा कृषिको गुणस्तरीय उत्पादन र बजारीकरण तथा कृषिनीतिमा खुला छलफल हुनेछ ।    
    
सम्मेलनमा कृषि योग, कृषि थेरापी तथा अरु विभिन्न क्रियाकलाप सञ्चालन गरिने आयोजकले जनाएको छ ।    रासस

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कृषि बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');