पर्यटन प्रवद्र्धन र लगानीकाे सम्भाव्यता खाेजी गर्न पाेखरा र कैलालीबीच छलफल

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन २६, आइतबार ,०९:५१:PM  
पर्यटन प्रवद्र्धन र लगानीकाे सम्भाव्यता खाेजी गर्न पाेखरा र कैलालीबीच छलफल

चिप्लेढुङ्गा । पोखरा तथा कैलाली उद्योग वाणिज्य सङ्घका प्रतिनिधिबीच आज पर्यटन प्रवद्र्धन, लगानीका सम्भाव्यता विषयमा छलफल भएको छ ।

उद्योगी/व्यवसायीले भोगेका समस्या समाधानका लागि समान धारणा बनाएर अघि बढ्नुपर्ने छलफलमा सहभागीले धारणा राखेका छन् । जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घको अध्ययन अवलोकन भ्रमणमा निस्केको प्रतिनिधिमण्डललाई पोखरामा स्वागत गर्दै सङ्घका कार्यवाहक अध्यक्ष विन्दु कोइरालाले उद्योगी/व्यवसायीबीच साझा कार्यसूची हुनुपर्ने बताए ।

उनले पर्यटन उद्योगमा अब्बल देखिएको पोखरा र उस्तै सुन्दर सुदूरपश्चिमबीच पर्यटनको क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना औँल्याए ।

कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले सुदूरपश्चिमको प्रचार गर्नु आफ्नो भ्रमणको उद्देश्य भएको धारणा राखे । कैलाली उद्योग वाणिज्य सङ्घकै पहलमा पश्चिममा एक हजार पर्यटकीय गन्तव्यको पहिचान भएको उल्लेख गर्दै उनले सुदूरपश्चिम घुम्नका लागि निम्तोसमेत दिए ।

पोखरा उद्योग वाणिज्य सङ्घका कार्यवाहक महासचिव चिनु गुरुङले उद्योगी/व्यवसायीले भोगेका समस्या साझा भएकाले समाधानमा पनि व्यवसायी एकजुट हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा सहभागी सदस्यले ढुवानीमा अनलाइन ट्र्याकिङ प्रणाली अव्यावहारिक भएको र नेपाल उद्योग वाणिज्य सङ्घमा रहेका व्यक्ति नै सरकारको प्रवक्ताजस्तो देखिँदा व्यवसायीका मुद्दा ओझेलमा परेकाे बताएका थिए । रासस

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी प्रदेश -४ बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');