रिलायन्स लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन २८, मङ्गलबार,०८:३१:AM  
रिलायन्स लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । रिलायन्सले ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

आईपीओलगायत अन्य वित्तीय विवरणहरु पारित गर्न रिलायन्सले साउन ३१ गते दोस्रो वार्षिक साधारणसभा बोलाएको छ । आईपीओ बाँडफाँडपछि रिलायन्सको पुँजी २ अर्ब १० करोड रुपैयाँ पुग्ने छ ।

प्रवद्र्धकको तर्फबाट १ अर्ब ४७ करोड रुपैयाँ लगानी भएको छ । बाँकी आईपीओबाट संकलन गर्ने छ । रिलायन्सले ०७५  मंसिर १ गतेदेखि  जीवन बिमा व्यवसाय सुरु गरेको हो ।

बिमा समितिले जीवन बिमा व्यवसाय गर्ने कम्पनीको न्युनतम पुँजी २ अर्ब रुपैयाँ तोकेको छ ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');