पुरातत्व विभागअघि आकासे पुल निर्माण हुदैं

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन २८, मङ्गलबार,०७:४२:PM  
पुरातत्व विभागअघि आकासे पुल निर्माण हुदैं

काठमाडौं । काठमाडौं महानगरपालिकाले माइतिघर मण्डला पुरातत्व विभागअघि आकासे पुल निर्माण हुने भएको छ ।महानगरले अहिलेको ट्राफिक चापलाई कम गर्न र मानिसहरु आवात जावात गर्ने सहज बनाउन आकासे पुल निर्माण गर्न लागिएको प्रवत्ता ईश्वरमान डंगोलले बताए ।

उनकाअनुसार महानगरले काठमाडौंंका विभिन्न स्थानमा पुल निर्माण सर्वेक्षणको काम सकिएको उनले बताए ।महानगरले पुल निर्माणको योजना २०७६ असार १९ गते टेण्डर प्रक्रियाबाट कोसी विल्डस कम्पनीसंग ६८ लाख ७९ हजार रुपैयाँमा सम्झौता भइ २०७६ मंसिरसम्म सक्ने गरी कामअघि बढेको प्रवक्ता डङगोलले जानकारी दिए ।

उनका अनुसार आकाशे पुल स्टिल स्टक्चरमा बन्ने भएको छ । यसपछि महानगरको चावहिल चोक, जयवागेश्वरी र टेकुमा पनि आकासे पुल निर्माण गरिने उनले बताए ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');