सिद्धार्थ बैङ्कले भदौ ५ देखि साढे २ अर्बको ऋणपत्र निष्कासन गर्दै, वार्षिक १०.२५ प्रतिशत ब्याज दिने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन २९, बुधबार,०९:२०:AM  
सिद्धार्थ बैङ्कले भदौ ५ देखि साढे २ अर्बको ऋणपत्र निष्कासन गर्दै, वार्षिक १०.२५ प्रतिशत ब्याज दिने 

काठमाडौं । सिद्धार्थ बैङ्कले  भदौ ५ गतेदेखि ऋणपत्र डिवेञ्चर) निष्कासन गर्ने भएको छ । सिद्र्धाथले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणपत्र निष्कासन बन्द छिटोमा भदौ ९ र ढिलोमा असोज ५ गते हुने सिद्धार्थले जनाएको छ । 

सिद्धार्थले वार्षिक १०.२५ प्रतिशत ऋणपत्रमा ब्याज दिने जानकारी दिएको छ । कुल निष्कासन मध्ये १ अर्ब रुपैयाँ सर्वसाधारण र १ अर्ब ५० करोड रुपैयाँ संस्थापक लगानीकर्तालाई छुट्टाइएको छ ।

लगानीयोग्य पुँजी जुटाउन बैङ्कले ऋणपत्र निष्कासन गर्न लागेको हो । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षदेखि कुल पुँजीको २५ प्रतिशतसम्म ऋणपत्र निष्कासन गर्नुपर्ने व्यवस्था ल्याएको छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top