भ्रमण बर्षको संघारमा मनाङ एयरले नयाँ हेलिकप्टर थप्दै ,अक्टोबरबाट सञ्चालनमा आउने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २४, मङ्गलबार,०६:५३:AM  
भ्रमण बर्षको संघारमा मनाङ एयरले नयाँ हेलिकप्टर थप्दै ,अक्टोबरबाट सञ्चालनमा आउने

काठमाडौं । भ्रमण बर्ष २०२० को संघारमा मनाङ एयरले नयाँ हेलिकप्टर थप्ने भएको छ । आगामी अक्टोबर १५ भित्रमा सञ्चालनमा ल्याउने मनाङ को तयारी छ ।५  सिट क्षमता भएको सो हेलिकप्टर स्विडेनबाट ल्याउन लागिएको हो । 

भ्रमण बर्ष मा नेपाल आउने पर्यटकहरूलाई लक्षित गरि नयाँ हेलिकप्टर ल्याउन लागिएको मनाङ एयरका कर्पोट चिफ राजु न्यौपानेले जानकारी दिए । हेलिकप्टर २५ करोड रुपैयामा खरिद गरिएको हो ।

मनाङले नयाँ ल्याउन लागेको हेलिकप्टरले २३ हजार फिट सम्मको उचाइमा उडान गर्न सक्छ । हाल खोज तथा उद्वार, माउन्टेन फ्लाइट, हाई अल्टिच्युड क्षेत्रमा सेवा दिदै आएको छ ।

 गत बर्ष लुक्लामा समिट एयरलाइन्सको जहाजले हेलिप्याडमा रहेको मनाङ एयरको हेलिकप्टरमा ठक्कर दिएको थियो । यो हेलिकप्टर सगै मनाङ मा हेलिकप्टर को संख्या दुई ओटा पुग्छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');