गाईपालनतर्फ किसान आकर्षित

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २४, मङ्गलबार,०९:०१:AM  
गाईपालनतर्फ किसान आकर्षित

इनरुवा । सुनसरीका कृषक गाईपालनतर्फ आकर्षित भइरहेका छन् । गाईपालनबाट राम्रो आम्दानी हुने भएकाले कृषक गाईपालनतर्फ आकर्षित भएका हुन् ।

सुनसरीमा आर्थिक वर्ष २०७५/०७६ मा तीन लाख ९५ हजार ६०० को सङ्ख्यामा गाईपालन गरिएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ ।

जिल्लामा आव २०७४/०७५ मा तीन लाख ९२ हजार ७७३ को सङ्ख्यामा गाईपालन गरिएको केन्द्रका सूचना अधिकारी केशव श्रेष्ठले जानकारी दिए ।

जिल्लामा आव २०७४/०७५ मा स्थानीय जातका दुई लाख ७४ हजार ९४१ को सङ्ख्यामा गाई रहेका थिए भने आव २०७५/०७६ मा दुई लाख ७६ हजार ९२० को सङ्ख्यामा स्थानीय जातका गाई रहेका विज्ञ केन्द्रको तथ्याङ्कले देखाएको छ ।

त्यसैगरी आव २०७४/०७५ मा वर्णशङ्कर जातका ९४ हजार २६५ र आव २०७५/०७६ मा ९४ हजार ९४४ को सङ्ख्यामा वर्णशङ्कर जातका गाईपालन भइरहेका विज्ञ केन्द्रका सूचना अधिकारी श्रेष्ठले बताए ।

त्यसैगरी आव २०७४/०७५ मा उन्नत जातका २३ हजार ५६६ र आव २०७५/०७६ मा २३ हजार ७३६ को सङ्ख्यामा उन्नत जातका गाईपालन भइरहेका उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी प्रदेश -१ बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');