एलजीको ‘खुसीको डबल अपग्रेड’ योजना, आकर्षक छुटका साथै पक्का उपहार

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २४, मङ्गलबार,१०:२१:AM  
एलजीको ‘खुसीको डबल अपग्रेड’ योजना, आकर्षक छुटका साथै पक्का उपहार

काठमाडौं । इलेक्ट्रोनिक्स एप्लाइन्सेसमा बजार तताएको एलजीले आउँदो दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी स्फूर्तिदायी योजना ल्याएको छ ।

‘खुशीको डबल अपग्रेड’ नाम दिइएको सो योजनामा एलजी ब्राण्डका जुनसुकै उत्पादनमा आकर्षक छुटका साथै पक्का उपहारको व्यवस्था गरिएको छ । 

एलजी टेलिभिजन, फ्रिज, ‘वासिङ मेसिन’, ‘भ्याकुम क्लिनर’, ‘डिस वासर’, ‘माइक्रोवेभ’ र ‘साउण्ड सिष्टम’को खरिदमा आकर्षक मूल्यका साथै विभिन्न छुट उपहार रहेको कम्पनीले जनाएको छ । 

यस योजनाअन्तर्गत भाग्यशाली ग्राहकले ‘लक्की ड्र’ मार्फत एलजीका अनेकौँ नवीनतम् उत्पादनले आफूलाई ‘अपग्रेड’ गर्न सक्नेछन् । यो ग्राहक योजना आजदेखि सिमित अवधिका लागि नेपालभर लागू हुनेछ । नेपालभर रहेका एलजीको आउटलेटमार्फत यस योजनामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ । चाडपर्वलाई अझ भव्य र उल्लामय वातावरणमा मनाउनका लागि एलजीले यो योजना ल्याएको हो 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');