काठमाडौं । नेपालमा आईफोन ११ सिरिजका सबै फोन दशैंपछि सार्वजनिक हुने एप्पलको आधिकारिक वितरक ओलिज स्टोरले बताएको छ । एप्पलका तीनै ओटा आईफोन ११, ११ प्रो र ११ प्रो म्याक्स दशैंपछि नेपाली बजारमा सार्वजनिक हुनेछन् ।
यद्यपि हालसम्म यी फोनको मूल्य भने निर्धारण नभएको ओलिज स्टोरले बताएको छ । अन्तर्राष्ट्रिय बजारमा ६४ जीबी बेस भेरियन्टको आईफोन ११ को मूल्य ६ सय ९९ डलर, ११ प्रोको ९ सय ९९ डलर र ११ प्रो म्याक्सको १ हजार ९९ डलर छ ।
आईओएस १३ प्लेटफर्ममा निर्माण भएका यी फोनमा पावरफुल नयाँ ए १३ बायोनिक प्रोसेसर प्रयोेग भएको छ । यसले फोर–के भिडियो क्याप्चर गर्नसक्छ । यी सम्पूर्ण फोनमा १२ मेगापिक्सलको फेस आईडीसहितको सेल्फी क्यामेरा छ । फोनमा कति जीबी र्याम छ भन्ने हालसम्म कम्पनीले जानकारी दिएको छैन ।
अघिल्लो वर्ष सार्वजनिक भएको आईफोन एक्सआर, एक्सएस र एक्सएस म्याक्सभन्दा क्रमशः आईफोन ११ को एक घण्टा, ११ प्रोको चार घण्टा र ११ प्रो म्याक्सको पाँच घण्टा ब्याट्री क्षमता बढी भएको कम्पनीले दाबी गरेको छ । ब्याट्रीबारे अन्य कुरा भने खुलाइएको छैन ।
यी फोनमा वाटर रेसिस्टेन्ट, डुअल सिम क्यापासिटी (नानो र ईसिम) र वायरलेस चार्जिङ जस्ता फिचर छन् । यी फोनमा स्टोरेज बढाउन सकिने सुविधा छैन ।
यी फोनमध्ये आईफोन ११ मा १२ मेगापिक्सल्सको वाइड र १२ मेगापिक्सल्सको अल्ट्रा वाइड ब्याक क्यामेरा सेटअप छ भने ११ प्रोमा १२ मेगापिक्सल्सको वाइड, १२ मेगापिक्सल्सको अल्ट्रा वाइड र १२ मेगापिक्सल्सको टेलिफोटो ब्याक क्यामेरा सेटअप छ । यस्तै ११ प्रो म्याक्समा १२ मेगापिक्सल्सको वाइड, १२ मेगापिक्सल्सको अल्ट्रा वाइड र १२ मेगापिक्सल्सको टेलिफोटो क्यामेरा छ ।
यी फोनको डिस्प्ले आकार र रेज्युलेसन क्रमशः ६.१ इन्च एलसीडी लिक्विड रेटिना १७९२ ह् ८२८ पिक्सल्स, ५.८ इन्च ओलेड सुपर रेटिना एक्सडीआर २४३६ह्११२५ र ६.५ इन्च ओलेड सुपर रेटिना एक्सडीआर २६८८ ह्१२४२ पिक्सल्स छ ।
यी फोन क्रमशः १९४ ग्राम, १८८ ग्राम र २२६ ग्राम तौलका छन् ।