तेह्रथुम पावरले आईपीओ निष्कासन गर्ने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असाेज १६, बिहीबार,०४:००:PM  
तेह्रथुम पावरले आईपीओ निष्कासन गर्ने

 काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित तेह्रथुम पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । हालै सम्पन्न साधारणसभाले अनुमोदन गरेपछि  तेह्रथुमले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ४ करोड र सर्वसाधारणलाई ८ करोड रुपयाँको  आईपीओ निष्कासन गर्ने भएको हो । 

७० प्रतिशत प्रवद्र्धक र ३० प्रतिशत सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।कम्पनीले तेह्रथुममा ७.५ मेगावाटको खोरङ्गाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको लागत १ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');