चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको पूर्वसन्धामा विमानस्थल प्रमुख क्षेत्रीको सरुवा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असाेज १७, शुक्रबार,१२:०९:PM  
चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको पूर्वसन्धामा विमानस्थल प्रमुख क्षेत्रीको सरुवा

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीको सरुवा गरेको छ । 

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा पर्यटनमन्त्री योगेश भट्टराईकाे निर्देशनमा विमानस्थल प्रमुख क्षेत्रीको सरुवा गरिएको क्यान स्रोतले जानकारी दिएको छ । 

क्षेत्रीलाई प्राधिकरणको महानिर्देशक सचिवालयमा तानिएको छ । १२औं तहमा दुई अन्य पद खाली हुँदा पनि क्षेत्रीलाई महानिर्देशक राजन पोखरेलले सचिवालयमा तानेका हुन् । 

प्राधिकरणले विमानस्थलमा निमित्त महाप्रबन्धकको जिम्मेवारी सुरेशमान सिंहलाई दिएको छ ।
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');