प्रदेश ३ सरकारले एक अर्व २५ करोड रुयैयाँ ११९ स्थानीय तहमा सशर्त अनुदान दिदै

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक ५, मङ्गलबार,१२:५३:PM  
   प्रदेश ३ सरकारले  एक अर्व  २५ करोड रुयैयाँ ११९ स्थानीय तहमा सशर्त अनुदान दिदै

काठमाडौं । प्रदेश नम्बर–३ सरकारले एक सय १९ वटा स्थानीय तहमा एक अर्व २५ करोड रुपैयाँ सशर्त अनुदान रकम दिने भएको छ । प्रदेश ३ सरकारले प्रदेशका भित्रका सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुका लागि एक अर्व २५ करोड रुपैयाँ ससर्त अनुदान दिन लागेको हो ।

स्थानीय तहमा भौतिक पूर्वाधार विकासको लागी पूर्वाधार बिशेष कार्यक्रमका लागि यो अनुदान रकम दिन लागिएको प्रदेशका आर्थिक मामिला तथा योजान मन्त्री कैलाश प्रसाद ढुङ्गेलले वताए । मन्त्रि ढुङगेलका अनुसार अनुदान रकमबाट पूर्वाधारका कार्यक्रम मात्र गर्नुपर्ने हुन्छ,मन्त्रि ढुङगेलले भने ‘अब चाडै सर्शत अनुदान रकम स्थानीय तहमा बितरण गर्ने तयारीमा छौं ।’

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top