भारतले बनायो बुढानीलकण्ठमा मठाधीश भवन

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक २१, बिहीबार,०१:१२:PM  
भारतले बनायो बुढानीलकण्ठमा मठाधीश भवन

काठमाडौं । नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले बुढानीलकण्ठ नारायण मन्दिरको नवनिर्मित मठाधीश भवनको उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, जिल्ला समन्वय समितिका अध्यक्ष शिवसुन्दर राज वैद्यलगायत राजनीतिक तथा सामुदायिक नेतृत्वकर्ताहरुको सहभागीता थियोे ।

भारत सरकारको २ करोड १८ लाख अनुदान सहयोगमा निर्माण भएको नवनिर्मित तीन तल्ले भवनले मठाधीश तथा युवा भिक्षुहरुलाई आश्रय दिने बताइएको छ । जिल्ला समन्वय समिति काठमाडौंैंले उक्त परियोजनालाई कार्यान्वयन गरेको हो । यो मन्दिर काठमाडौं जिल्लाको उत्तर तर्फ शिवपुरी डाँडामा रहेको छ । यस धार्मिकस्थलको पोखरीको मध्य भागमा नागहरुको शैय्यामा पल्टिरहेको भगवान विष्णुको मूर्ति सम्भवतः नेपालको सबैभन्दा ठूलोे प्रस्तर मूर्ति हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कर्पोरेट बजार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');