मन्त्रीपरिषद्का निर्णयः ऋण सहायता स्वीकार गर्न वार्ता टोली बनाइने,गोदावरीमा सम्मेलन केन्द्र बन्ने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक २१, बिहीबार,०६:१३:PM  
मन्त्रीपरिषद्का निर्णयः ऋण सहायता स्वीकार गर्न वार्ता टोली बनाइने,गोदावरीमा सम्मेलन केन्द्र बन्ने

काठमाडौं । सरकारले एसियाली पूर्वाधार लगानी बैंकले विद्युत् प्रणाली स्तरोन्नती तथा विस्तार आयोजनाकालागि प्रस्ताव गरेको ११२.३ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्न वार्ता टोली गठन गर्ने भएको छ ।

अर्थ मन्त्रालय र अन्र्तराष्ट्रिय आर्थिक सहायता समन्वयन महाशाखाका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताए । 

त्यस्तै, मन्त्रिपरिषद्ले युवा रोजगारी प्रवद्र्धन गर्ने उद्धेश्यसहितको रुपान्तरण पहल परियोजनाका लागि विश्व बैंकबाट प्रस्ताव भएको १३ अर्ब ६२ करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरेको छ ।

त्यस्तै गोदावरी नगरापलिकामा तीन सय सिट क्षमताको सम्मेलन केन्द्र निर्माण गर्न ससरकारको स्वामित्वको कित्ता नम्वर ३२ को कुल २८२ रोपनी ३ पैसा जग्गामध्ये बनस्पति उद्यान एरियादेखि पश्चिमतर्फको र केशर दरबारको कम्पाउन्ड वालदेखि उत्तरतर्फको २५ रोपनी जग्गा सरकारका नाममा स्वामित्व हस्तान्तरण गर्ने निर्णय गरिएको जनाएको छ । 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');