रुग्ण आयोजनाका समस्या बोकेर निजी क्षेत्र अर्थ मन्त्रालयमा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक २२, शुक्रबार,१२:४६:PM  
रुग्ण आयोजनाका समस्या बोकेर निजी क्षेत्र अर्थ मन्त्रालयमा

काठमाडौं । निजी क्षेत्रको लगानी रहेका रुग्ण जलबिद्युत आयोजनाका समस्या समाधानका लागि उद्योगीहरु अर्थ मन्त्रालयमा पुगेका छन् । निजी क्षेत्रका २५ जलविद्युत् आयोजना रुग्ण बनेपछि त्यसलाई संरक्षणको माग गर्दै निजी प्रवद्र्धकहरु मन्त्रालय गएका हुन् ।

प्रवद्र्धकहरुले अर्थ मन्त्रालयका सचिव खनालसँग आयोजनाले भोग्नुपरेका समस्या, ऊर्जा क्षेत्रको समस्या र चुनौतीका बारेमा नीतिगत ढंगले सहजीकरण गरिदिन प्रस्ताव गर्ने स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) नेपालका अध्यक्ष शैलेन्द्र गुरागाइले जानकारी दिए । सरकारले नीतिगत रुपमा व्यवस्था गरेका धेरै काम नगरेको कारण निजी क्षेत्रका सवैजसो आयोजना रुग्ण हुने स्थितिमा पुगेको उनको भनाइ छ ।

‘सरकारले प्रोस्टेड टाइममै पैसा दिएको भए ४÷५ ओटा आयोजना रुग्ण हुने थिएनन् । प्रतिमेगावाट ५० लाख दिने प्रतिवद्धता पूरा गरेको भए ६÷७ ओटा आयोजना रुग्ण हुनबाट बच्थे’ उनले भने, ‘ब्याजमा पनि कहीँ नहेर्ने प्रवृत्ती जुन सरकारले लिएको छ । त्यो ऊर्जाक्षेत्रमा निजी क्षेत्रलाइ पाखा लगाउने प्रवृत्तीकै पराकाष्ठा हो ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');