सिसडोलबासीलाई महानगरले बिमा गरिदिदै

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक २२, शुक्रबार,१२:५८:PM  
सिसडोलबासीलाई महानगरले बिमा गरिदिदै

काठमाडौंं । काठमाडौंं महानगरपालिकाले विगत १३ वर्ष देखि सिसडोलमा फोहोर थुपार्दै आएकोले त्यहाँका स्थानीयलाई तीन प्रकृतीका बीमा गरिदिने भएको छ , महानगरले सिसडोलका स्थानियलाई स्वास्थ्य, कृषि तथा पशु बिमा गरिदिने भएको हो ।

महानगरले थुपारेको फोहोरका कारण सिसडोलका स्थानीयबासीलाई विभिन्न समस्या देखिएकोले बिमा गर्ने तयारी गरिएको महानगरले जनाएको छ । अहिले बिमाका लागि प्रभावितहरुको सर्वेक्षण गरी नामावली सङकलन गरिरहेको छ । सर्वक्षण तथा नामावली आइसके पछि मात्र बिमा गर्ने काम अगाडी बढाउने वातावरण प्रमुख हरीकुमार श्रेष्ठले बताए ।

महानगरले तीन वर्षका लागी भन्दै १३ वर्षसम्म फोहोर थुपारेकाले सिसडोल बासी धेरै प्रभावित भएका छन । सिसडोल बाहेक फोहोर थुपार्ने अर्को बन्चरेडाडाँमा सरकारले दिर्घकालिन फोहोर व्यवस्थापनको लागि विर्सजन स्थल बनाउन लागेको छ ।

याे पनि पढ्नुहाेस् 

‘जथाभावी फोहोर फाल्ने महानगरवासीकै कारण काठमाडौँ फोहोर’

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');