वायरलेस इन्टरनेटको विकासपछि अन्वेषण र अनुसन्धानको यात्रा

account_box युजु खालिङ ,
प्रकाशित: २०७६ कात्तिक २३, शनिबार,११:५५:AM  
वायरलेस इन्टरनेटको विकासपछि अन्वेषण र अनुसन्धानको यात्रा

सामाजिक कार्यले समाजलाई केही राहत दिन्छ तर समृद्धि दिँदैन । २० वर्षसम्म अनवरत रुपमा गरेको सामाजिक कार्यबाट महावीर पुनले प्राप्त गरेको ज्ञान यही नै हो । यही ज्ञानले महावीरको यात्रामा थप अर्को बाटो पहिल्यायो । त्यसकै उपजका रुपमा आज उनी अनुसन्धान र अन्वेषणबाट सिङ्गो देशलाई नै समृद्धिको बाटोतर्फ डो¥याउन लागिपरेका छन् । सात वर्षदेखि । 
२०११ सालमा म्याग्दीको नागीमा सामान्य परिवारमा जन्मिएका पुनलाई चिन्न कुनै औपचारिक परिचय आवश्यक पर्दैन । आठ कक्षासम्म बिनापाठ्य पुस्तक गाउँकै परम्परागत शिक्षा लिएका उनको परिवार चितवनमा बसाइ“ स¥यो । र त्यहीँबाट ९ र १० कक्षा उत्तीर्ण गरे । पहिलोपटक पाठ्यपुस्तक पनि पढ्ने मौका पाए । त्यसपछि काठमाडौं छिरेका महावीरले अमृत साइन्स क्याम्पसमा आईएससीको अध्ययन सके । 

‘इन्जिनियर बन्ने इच्छा थियो । तर फस्ट डिभिजन नआएपछि त्यो सपना पूरा भएन,’ महावीर सम्झिन्छन्, ‘त्यसपछि म ब्याचलरमा भर्ना नभई चिवतन फर्कें । र १८ वर्षको उमेरदेखि शिक्षकको पेसा अँगालेर १३ वर्षसम्म त्यहीँकै विभिन्न विद्यालयहरुमा शिक्षककै रुपमा काम गरें ।’ परिवारको आर्थिक दायित्व आफ्नो काँधमा रहेको र भाइबहिनीको शिक्षादीक्षाको दायित्व पनि आफैंलाई पर्दा उनले ३१ वर्ष पुग्दासम्म चितवनकै विद्यालयहरुमा बिताए । 

जब भाइबहिनीको अध्ययन पूरा भयो, तब उनलाई आफ्नो अधुरो अध्ययन पूरा गर्ने समय मिल्यो । दुई वर्षसम्म काठमाडौंमा आएर प्रक्रिया चलाएपछि स्नातक तह पढ्न अमेरिका जाने मौका पाए । ३३ वर्षको उमेरमा अमेरिका गएर उनले विज्ञान विषयमै स्नातक तह पनि उत्तीर्ण गरे । त्यसपछि नेपाल फर्किए । २०४९ मा नेपाल फर्कंदासम्म बाँकी यात्राबारे उनीसँग कुनै योजना थिएन । न त पैसा नै थियो ।

नेपाल फर्केपछि घुम्दै जाँदा आफ्नै गाउँको माध्यमिक तहको विद्यालयलाई उच्च माध्यमिक तहमा अपग्रेड गर्ने कार्यमा लागे । विद्यालयको काम सकेसँगै उनले गाउँको आर्यआर्जन र रोजगारी सिर्जनाका विभिन्न परियोजनामा पहलकदमीको भूमिका निर्वाह गर्दै जान थाले । त्यसै सिलसिलामा, जब नेपालमा दूरसञ्चारका लागि कुनै सुविधा नै आइसकेको थिएन, त्यस बेला महावीरले आफनै पहलमा गाउँमा वायरलेस इन्टरनेट स्थापना गरे ।

‘तत्कालीन समयमा नेपालका चारपाँच ओटा मुख्य सहरमा मात्र इन्टरनेटको सुविधा थियो । गाउँहरुमा त वायरलेस इन्टरनेटको कल्पनासमेत गरिएको थिएन । ‘सुरुमा सञ्चारका लागि मात्र प्रयोग गरिएको इन्टरनेट समयसँगै ई–लर्निङ, टेलिमेडिसिन र ई–कमर्समा पनि प्रयोग हुन थाल्यो,’ उनी सम्झन्छन् । 

२० वर्षसम्म अनवरत रुपमा गरेको सामाजिक कार्यबाट महावीर पुनले प्राप्त गरेको ज्ञान यही नै हो । यही ज्ञानले महावीरको यात्रामा थप अर्को बाटो पहिल्यायो । त्यसकै उपजका रुपमा आज उनी अनुसन्धान र अन्वेषणबाट सिङ्गो देशलाई नै समृद्धिको बाटोतर्फ डो¥याउन लागिपरेका छन् । सात वर्षदेखि । 

यो क्षेत्रमा काम गरेर अहिलेसम्म महावीरले आफ्नो २७ वर्ष खर्चिसकेका छन् । तर जब उक्त क्षेत्रमा लागेको २० वर्ष पुग्दै थियो, तब उनलाई आफ्नै कामसँग चित्त बुझेन । ‘मैले जुन काम गरें, त्यसले सामाजिक सेवा र विकासमा मात्र सहयोग पु¥यायो,’ महावीर भन्छन्, ‘मैले डेढ सय जति गाउँमा यस्तै प्रकारका काम गरें । तर म सन्तुष्ट थिइनँ । किनभने मेरो कामले समाजलाई थोरै राहत भयो । तर समाज समृद्ध भएन । समाजमा जति रोजगारी सिर्जना हुनुपर्ने हो, त्यो पनि भएन ।

समाजको अर्थव्यवस्थामा पनि सुधार भएन । त्यसबाट मैले एउटा के शिक्षा पाएँ भने सामाजिक सेवा र विकासका ससाना काम गरे समाजलाई केही सहयोग त हुन्छ । तर त्यो समृद्ध हुँदैन । त्यसले देश समृद्ध हुँदैन ।’

आर्थिक विकास राष्ट्रिय स्तरमा भएन भने सामाजिक विकास र समृद्धिले पुग्दैन भन्ने उनको बुझाइ थियो । ‘सिङ्गो मुलुकको समृद्धि र विकासका लागि रोजगारी सिर्जना हुनुपर्यो, उद्योगधन्दा बन्नुपर्यो, अध्ययनअनुसन्धान नयाँ अन्वेषण हुनुपर्यो । सामानहरु यहीँ बन्नुपर्यो,’ उनी भन्छन् । 

नेपालीहरु राम्रो उपभोक्ता हुन् । तर उपभोगिता बढ्दै गर्दा यहाँ भने आयात मात्र बढ्यो । आफैंले निर्माण गरेर उपभोग गर्ने चलन बसेन । यसले ठूलो खाडल सृजना ग¥यो । गएको २५ वर्षमा नेपालमा उपभोगिताको ट्रेन्ड आकासियो । तर सामान उत्पादन गर्ने क्षेत्र जहाँको त्यहीँ नै छ । यसैकारण व्यापार घाटा चुलियो । ‘अहिले हामी करिब ९० प्रतिशत आयात गर्छौं । र ६/७ प्रतिशत मात्र निर्यात गछौं,’ पुनले भने, ‘यसै कारणले देशमा आएको रेमिट्यान्स देशमा बस्न सकेन ।’ 

विदेशबाट सामान लिएर उपभोगिता बढाउने अहिलेको व्यापार प्रवृत्ति बढे अर्थतन्त्र धराशायी हुने आफूले बुझेपछि महावीरले यहाँको उपभोगिताका लागि आफू सक्षम उत्पादनक बन्न खोज, अनुसन्धान र निर्माणको काम अगाडि बढाउनुपर्ने धारणा बनाए । २० वर्षको सामाजिक कार्यबाट प्राप्त ज्ञान र ५ वर्षको अनवरत मिहिनेतपछि दुई वर्षअघि उनले आफ्नै पहलमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका छन् ।

केन्द्र स्थापना गर्न निकै कठिन रह्यो उनका लागि । चार वर्ष त उनले सरकारको दैलो चहारेर बिताए । सरकारले आफ्नो दायित्वबोध गर्नुको साटो एउटा व्यक्तिले गरेको पहलकदमीमा पनि साथ दिन सकेन । केही हुन नसकेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट पाएका पदक एवम् सम्मान बेचेर त्यसकै भाउ र दाताहरुको सहयोगबाट उनले देशलाई समृद्धिको दिशा दिने एउटा आधारको स्थापना गरेका छन् । 

महावीरको आविष्कार केन्द्रले नवीन सोच भएका विद्यार्थी तथा अन्वेषकहरुका लागि एउटा सपोर्ट सिस्टमको कम्प्लिट प्याकेज र प्लेटफर्म दिँदै आएको छ । कुनै पनि किसिमको कमर्सियल प्रडक्टको प्रोटोटाइप भएका विद्यार्थी तथा अन्वेषकहरुले यहाँ प्रपोजल पेस गरेर केन्द्रबाट सबै किसिमको साथ सहयोग लिएर आफ्नो प्रडक्टलाई निखारेर तयार गर्न सक्छन् ।

‘केन्द्रले क्षमतावान् विद्यार्थीलाई सपोर्ट सिस्टम प्रदान गर्छ,’ पुनले भने, ‘त्यहाँ स्पेस, आर्थिक खर्च, मेन्टर अर्थात् पकेट खर्च र उपकरण दिँदै आएका छौं । आर्थिक खर्चका लागि यहाँ भइरहेका काममा आवश्यकताअनुसार एक लाखदेखि १५ लाख रुपैयाँसम्म लगानी गर्दै आएका छौं ।’

‘राष्ट्रिय आविष्कार केन्द्र कुनै ट्रेनिङ सेन्टर होइन, यहाँ कुनै पढाइ हुँदैन । इनोभेटिभ आइडिया लिएर आउनेहरुले आफ्नो आइडियाबारे अनुसन्धान गर्ने त्यको प्रोटोटाइप बनाउने सुरुमा र त्यो सफल भयो भने कमर्सियल प्रडक्ट निर्माण गर्ने,’ उनले थपे, ‘त्यो सबै गर्न हामी उनीहरुलाई पूर्ण सहयोग गर्छौं । त्यो प्रडक्ट निर्माण भइसकेपछि त्यसको बौद्धिक अधिकार, कपिराइट, पेटेन्ट राइट लिनका लागि हामी सहयोग गर्छौं । र उनीहरुलाई लगानीकर्ता र व्यसायीहरुसँग जोड्नका लागि सहयोग गर्छौं ।’

व्यावसायिक समुदायले राष्ट्रिय आविष्कार केन्द्रमा विकास भएका प्रडक्टहरुमा लगानी गरेर कमर्सियलाइज गरी बिजनेस डेभलपमेन्टमा सहयोग गर्न सक्ने उनी बताउँछन् । भर्खरै स्थापना भएको केन्द्रले भविष्यका लागि अन्वेषकहरुलाई व्यावसायिक समुदायसँग पुलको काम गरेर जाने लक्ष्य लिएको छ । 

हाल राष्ट्रिय आविष्कार केन्द्रमा १६ ओटा प्रडक्ट प्रोजेक्टमाथि काम भइरहेको छ । तीमध्ये कतिपय ८०, ७०, ६०, ५० प्रतिशत काम भइसकेको छ । ‘अनुसन्धान गरिएका सबै काम सफल हुँदैनन् । तर हामीले गरिरहेका पाँचसात ओटा प्रडक्ट राम्रो हुन्छन् भन्ने आशा गरिएको छ,’ उनले भने ।

आविष्कार केन्द्रले हाल काठमाडौं विश्वविद्यालय र चितवनको कृषि विश्वविद्यालयसँग मिलेर त्यहाँ पनि त्यस्तै किसिमका कामहरु अगाडि बढाइरहेको छ । धरान, पोखरा र जनकपुरमा पनि यसप्रकारका काम भइरहेको उनी बताउँछन् । 

काम सुरु गरेको दुई वर्षमा राष्ट्रिय आविष्कार केन्द्रका लागि करिब आठ करोड रुपैयाँ सङ्कलन भएको छ । त्यसको करिब ९० प्रतिशत न्यून आयस्रोत भएका मानिसबाट प्राप्त भइरहेको छ । किसान, विद्यार्थी, श्रमिक, बच्चाहरुको जन्मदिनका अवसरमा दिइएका सहयोग छन् । करिब ९ प्रतिशत जति आर्थिक योगदान मध्यम वर्गीयबाट र १ प्रतिशतभन्दा कमचाहिँ धनी वर्गबाट आइरहेको उनले जानकारी दिए । 

महावीरका श्रीमती र दुई छोरी छन् । पोखरामा बसेका आफ्नो परिवारलाई आफूले श्रीमान् पर्याप्त समय दिन नसकेको उनको भनाइ छ । आफ्ना हरेक काममा परिवारको साथ सहयोग पाएका महावीरको पारिवारिक जीवन सुखी र खुसी छ । 
व्यापारिक समुदायले पनि आफ्नो आयको केही प्रतिशत अन्वेषणमा लगाउनुपर्ने उनी बताउँछन् । 

काम सुरु गरेको दुई वर्षमा राष्ट्रिय आविष्कार केन्द्रका लागि करिब आठ करोड रुपैयाँ सङ्कलन भएको छ । त्यसको करिब ९० प्रतिशत न्यून आयस्रोत भएका मानिसबाट प्राप्त भइरहेको छ । किसान, विद्यार्थी, श्रमिक, बच्चाहरुको जन्मदिनका अवसरमा दिइएका सहयोग छन् । करिब ९ प्रतिशत जति आर्थिक योगदान मध्यम वर्गीयबाट र १ प्रतिशतभन्दा कमचाहिँ धनी वर्गबाट आइरहेको उनले जानकारी दिए । 

अनुसन्धान र अन्वेषणबिना अबको समयमा व्यवसाय गर्न नसकिने उनी बताउँछन् । त्यसैले नेपालको व्यावसायिक समुदायले पनि आफ्नै स्तरका अनुसन्धान एवम् अन्वेषणका काम व्यवसायसँगै गर्नुपर्ने उनको धारणा छ । आफूले अनुसन्धान अन्वेषण नगरे व्यावसायिक समुदायले आफ्नो सामाजिक कार्य सीएसआरअन्तर्गत छुट्याएको रकमको ५० प्रतिशत अध्ययनअनुसन्धन गर्न  प्रोत्साहनस्वरुप प्रदान गरेर देशमा उद्यमशीलताको विकास गर्नुपर्नेमा उनी जोड दिन्छन् । 
६५ वर्षीय पुन अझै थाकेका छैनन् । २० वर्षअघि एउटा दुर्गम गाउँबाट वायरलेस इन्टरनेट थालनी गरेर जीवनलाई सार्थक बनाएका उनी फेरि नयाँ क्रान्तिमा अघि सरेका छन् । आफ्नो अन्वेषण र अनुसन्धानको क्रान्तिलाई त्यसको लक्षित बिन्दुसम्म पु¥याउन उनी प्रतिबद्ध छन् । 

युजु खालिङ

क्यापिटल नेपालका संवाददाता हुन्

थप

expand_more

कम

expand_less
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी सूचना प्रविधि बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');