मन्त्रीमण्डल पुर्नगठनको हल्ला चलेको तीनमहिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डलमा हेरफेर गरेका छन् ।
राष्ट्रपति कार्यालयले बुधबार राती सार्वजनिक गरेको सुचनाअनुसार केहि मन्त्री बाहिरिएका छन् भने केहि नेताहरु मन्त्रीको रुपमा मन्त्रिपरिषदमा भित्रिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् नियुक्ति, कार्यविभाजन र हेरफेर गरेको विज्ञप्तिमा जनाइएको छ।
‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा मौजूदा मन्त्रिपरिषदमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नुभएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
नयाँ मन्त्री हेरफेर हुँदा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, कृषिमन्त्री चक्रपाणि खनाल र उद्योगमन्त्री मातृका यादव मन्त्रीमण्डलबाट हटाइएको छ ।
त्यस्तै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कानुन मन्त्री बनाइएको छ । वसन्त नेम्वाङलाई भौतिक, हृदयेश त्रिपाठीलाई संघीय, पार्वत गुरुङलाई महिला, बालबालिका, लेखराज भट्टलाई उद्योग र घनश्याम भुषाललाई कृषि मन्त्रीको जिम्मेवारी दिइएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई हटाएर प्रधानमन्त्री ओलीले रामेश्वर रायलाई मन्त्री नियुक्त गरेका छन् । त्यस्तै मोती दुगडलाई उद्योग तथा वाणिज्य राज्यमन्त्री, रामवीर मानन्धरलाई सहरी विकास राज्यमन्त्री, नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ ।