टुटल, पठाओलाई कारबाही नगर्न यातायात मन्त्रीको निर्देशन

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ मङ्सिर ११, बुधबार,०५:३९:PM  
टुटल, पठाओलाई कारबाही नगर्न यातायात मन्त्रीको निर्देशन

काठमाडौं । करिब दुई बर्ष देखि राइड टु सेयर सेवा सञ्चालन गरिहेको टुटल र पठाओ सेवालाई कारबाही नगर्न यातायात मन्त्री बसन्त कुमार नेम्वाङले निर्देशन दिएका छन् ।

दुई पाङ्ग्रे सवारीसाधनमार्फत काठमाडौमा दैनिक ५० हजारलाई सेवा पु¥याइरहेको टुटल र पठाओ सेवालाई पहिलेकै अवस्थामा चल्न दिन उनले निर्देशन दिएको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार युवाले रोजगारी र यात्रुहरुले सेवा पाइरहकोले यस्तो सेवालाई तत्काल नरोक्न निर्देशन दिएका हुन् । उनले भने ‘टुटल पठाओ सञ्चालनको लागी अध्ययन गरेर नयाँ यातायात कार्यविधि बनाउन लागेकाले यो नबनुन्जेल चल्न दिन भन्नुभएको छ ।’ यातायात व्यवस्था विभागले मंसिर ४ गते सार्वजानिक सुचना मार्फत निजी सवारी साधनले भाडामा यात्रु बोकेको पाइएमा कारबाही गर्ने बताएको थियो ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप