प्रधानमन्त्री रोजगार कार्यक्रमलाई विश्व बैंकको १३ अर्ब ७३ करोड ऋण 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ मङ्सिर ११, बुधबार,०६:१३:PM  
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई विश्व बैंकको १३ अर्ब ७३ करोड ऋण 

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न विश्व बैंकसँग १३ अर्ब ७३ करोड रुपैयाँ अर्थात १२ करोड अमेरिकी डलर ऋण सम्झौता गरेको छ।

अर्थसचिव राजन खनाल र विश्व बैंकका देशीय निर्देशक परिस एच हदाद जेर्भसले बुधबार अर्थ मन्त्रालयमा ऋण सम्झौतामा हस्ताक्षर गरेका हुन। 

कार्यक्रमअन्तर्गत विश्व बैंकले सहुलियतपूर्ण ऋणमा दिने १२ करोड डलर डलरमध्ये ६ करोड ७० लाख डलर प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारी प्राप्त गर्ने युवाको पारिश्रमिक भुक्तानीमा खर्च  हुनेछ।

बाँकी रकम रोजगा सूचना प्रणाली स्थापना गर्न उपयोग हुने सम्झौतमा उल्लेख छ। गत वर्ष कार्यान्वयनको क्रममा निकै विवादित बनेको थियो ।  

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप