३ सय प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य, उपभोक्ता भन्छन् - ‘तरकारी भन्दा चिकेन सस्तो’

account_box हरिप्रसाद शर्मा ,
प्रकाशित: २०७६ मङ्सिर १२, बिहीबार,०४:१०:PM  
३ सय प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य, उपभोक्ता भन्छन् - ‘तरकारी भन्दा चिकेन सस्तो’

 काठमाडौं । ‘तरकारीभन्दा बरु चिकेन सस्तो पाइन्छ बजारमा । प्याज त खानै छोड्यौ ।’ पुरानो बानेश्वरमा काउली किन्दै गरेकी बत्तीसपुतली निवासी रुजिन कर्माचार्यको भनाई हो यो । कोटेश्वर बस्दै गरेकी निलिमा सिंहको गुनासो पनि कर्माचार्यको भन्दा फरक छैन । उनले गुनासो गर्दै भनिन् ‘प्याजले होइन्, प्याजको मुल्यले रुवाएको छ ।

खान सकिने अवस्था छैन्, सबै तरकारीको मुल्य उस्तै महङ्गो छ ।’ काठमाडौंस्थित केही खुद्रा तरकारी बजारमा भेटिएका प्रतिनिधी पात्र भन्दा फरक छैन आम उपभोक्ताको गुनासो । तरकारीको मुल्य आकासिएपछि भान्सा पनि महङ्गीएको छ । जसले दैनिक श्रम गरे गरेर निर्वाह गर्ने वर्गलाइ झनै कठिन बनाएको छ ।

तरकारीजन्य वस्तुको भाउ बढेकै कारण अहिले सामान्य उपभोक्ताको दैनिकीमा असर परिरहेको छ । तर, आम उपभोक्ताले गुनासो गर्नुबाहेक केहि गर्न सक्दैनन् । अत्याधिक मूल्य बढेको प्याज त सामान्य उपभोक्ताको किचेनमै प्रबेश पाउन छाडेको छ । भारतले प्याज निर्यातमा प्रतिवन्ध लगाएपछि नेपालको खुद्रा बजारमा २३० देखि २५० रुपैयाँ प्रतिकेजीमा प्याज विक्रि भइरहेको छ ।

काउली, काक्रो र बन्दाको मुल्य पनि अचाक्ली भारतले निर्यात प्रतिबन्ध लगाएको प्याज मात्रै नभएर काक्रा, बन्दा, काउली र मूलाजस्ता तरकारीको मुल्य पनि ३ सय प्रतिशतसम्म बढेको छ । कालीमाटी तरकारी बजारको मुल्यअनुसार अहिले स्थानीय काक्रा प्रतिकिलो ३७७ रुपैयाँ, लोकल काउली ३५८ रुपैयाँ, बन्दा लोकल २२३ रुपैयाँ र मूला २७५ रुपैयाँ प्रतिकेजी थोक मुल्य छ ।

त्यस्तै सुकेको लसुन, साग, परवर, घ्यू सिमिलगायतका तरकारीको मुल्य पनि गतबर्षको तुलनामा तीनगुणसम्मले बढेको छ । कालीमाटी तरकारी बजारमै थोक मुल्य बढेपछि खुद्रा व्यापारीले पनि मनपरी मुल्य बढाएका छन् । यसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन् ।

सरकार र ठूला पार्टिकै संरक्षणले तरकारी महंगो

बजारमा यसरी अचाक्ली भाउ बढ्दा पनि अनुमगनकारी निकाय मौन रहको उपभोक्ताकर्मीहरु बताउछन् । सरकार र ठूला पार्टीको संरक्षणमै विचौलियाले चलखेल गर्दा आमउपभोक्ता मारमा परेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनको आरोप छ ।

यसअघि चैतमा तरकारीमा भएको मुल्य वृद्धि प्रति प्रधानमन्त्री, तत्कालीन उद्योगमन्त्री तथा कृषिमन्त्रीलाई ज्ञापनपत्र बुझाएपनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ । ‘थोक विक्रेता वा पाँच तहका विचौलियाकै कारण तरकारीको भाउ बढेको हो’ उनले भने, ‘त्यस्ता विचौलिया ठूला पार्टीको झन्डामुनी र सरकारकै संरक्षणमा छन् ।’

नियमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दैनिक २÷३ समुह बनाएर अनुगमन गरिरहेको बताउँदै आएको छ । विभागले तीनखण्डको मापदण्ड बनाएर अनुगमनलाई चुस्त बनाउने योजना बनाएको महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

‘प्याजको मुल्य प्रति व्यवसायीसँग छलफल गर्दैछौं । अहिले पनि २/३ टोलीले अनुगमन गरेकै छ’ उनले भने, ‘तर, त्यस्ले मात्र पुग्दैन्, त्यस्का लागि तीनखण्डमा मापदण्ड बनाएर अनुगमनलाई तीव्रता दिने योजना छ ।’

हरिप्रसाद शर्मा

क्यापिटल नेपालका संवाददाता हुन् 

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कृषि बाट थप

Top