काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज(सेजन) अवार्ड छापातर्फ कान्तिपुर दैनिकका मातृका दाहाल र विद्युतीय माध्यमतर्फ काठमाडौँ प्रेश डट कमका केदार दाहालले प्राप्त गरेका छन् ।
छापातर्फका मातृकाको नागरिक दैनिकमा छापिएको ‘ललिता निवासको जग्गा हिनामिना’ शिर्षको सामाचार छनौटमा परेको थियो । हाल उनी हाल कान्तिपुर दैनिकमा कार्यरत छन् ।
यसैगरी विद्युतीय सञ्चार माध्यमतर्फ काठमाडौं प्रेसका केदार दाहालको ‘काठमाडौँ–हेटौडा सुरुङ मार्ग बनेन, सर्वसाधारणको करोडौँ डुब्यो’शिर्षकको सामाचार अवार्डका लागि छनौट भएको थियो । दाहालद्धयलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबि नेपालले ५०/५० हजार रुपैयाँकाे चेक र सम्मानपत्र प्रदान गरेका थिए ।
सेजनले लामो समयसमम्म आर्थिक पत्रकारिता गर्ने चार जनालाई पत्रकारलाई सम्मान गरेकोे छ । सम्मान प्राप्त गर्नेहरुमा गोरखापत्र दैनिकका जुनारबावु बस्नेत, इमेज टिभी तथा सेजनका संस्थापक रामप्रसाद दाहाल, सुनाखरी डटकमका सम्पादक शिव दुवाडी तथा सञ्चारिकाकी अध्यक्ष नितु पण्डित रहेका छन् ।
थप
expand_moreकम
expand_less