डाँफे अगरबत्ती उद्योगलाई अपांग उद्यमशीलता अवार्ड

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ मङ्सिर १५, आइतबार ,०३:५०:PM  
डाँफे अगरबत्ती उद्योगलाई अपांग उद्यमशीलता अवार्ड

 दृष्टिबिहिनद्धारा सञ्चालित सिइङ्ग हयाण्ड्स नेपालले दशौं वार्षिकोत्सवका अवसरमा विभिन्न क्षेत्रका व्यक्ति तथा उद्यमीहरुलाई सम्मान गरेको छ ।  सस्थाले डाँफे अगरबत्ती उद्योगका उमेश थापालाई पचास हजार रुपैंयाँ नगदसहित अपांग उद्यमशीलता अवार्ड प्रदान गरेको छ ।

अपांगता भएका व्यक्तिहरुलाई उद्यमशीलतामा लाग्न प्रेरित होस् भन्ने उद्देश्यले अवार्ड प्रदान गरिएको सिइङ्ग हयाण्ड्सका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी पौडेलले बताए । दृष्टिबिहिनद्धारा सञ्चालित मसाज क्लिनिक सिइङ्ग हयाण्ड्सले १ सय ५० जनालाई रोजगारी प्रदान गर्दै आएको छ । 

यसैगरी दशौं वार्षिकोत्सवका अवसरमा नेपाल अपांग महिला संघलाई अपांगता रोजगार प्रबद्र्धन अवार्ड, नाङलो द बेकरी क्याफेलाई समावेशी रोजगार प्रबद्र्धन अवार्ड र लेखक तथा पत्रकार रोहित भण्डारीलाई प्रेरणादायी लेखन अवार्ड प्रदान गरेको छ । कार्यक्रममा सिइङ्ग हयाण्ड्सले अवार्डका अतिरिक्त बाग्लुङको जनताधन मावि बाग्लुङ ११, बलेवालाई एक वर्षका लागि ब्रेल पेपर सेमत प्रदान ग¥यो । 

कार्यक्रममा प्रमुख अतिथी नाटाका वरिष्ठ उपाध्यक्ष अच्युत गुरागाइँले दृष्टीबिहिनद्धारा सञ्चालित मसाज क्लिनिकले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको खुलेर गर्दै यस्ता गतिविधीले प्रेरणा दिएकोे उहाँको भनाई थियो ।  

। जाइका नेपालका वरिष्ठ उप निर्देशक कोजो नागामीले आफू सिइङ्ग हयाण्ड्सको सेवाबाट अत्यन्तै प्रभावित भएको बताउँदै सिइङ्ग हयाण्ड्सको शाखा जापानमा पनि खुलेको हेर्ने चाहना रहेको बताए । कार्यक्रममा राष्ट्रिय अपांग महासंघ नेपालकी महिला उपाध्यक्ष रमा ढकालले अपांगता भएकाहरुलाई उद्यम गर्न सजिलो नरहेपनि सिइङ्ग हयाण्ड्सका सञ्चालक चिरञ्जीवी पौडेलको आँट र साहसले धेरैलाई पाठ सिकाएको बताइन् । 

सिइङ्ग हयाण्ड्सका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी पौडेलले आगामी दिनमा सिइङ्ग हयाण्ड्सको सेवालाई अझ विस्तार गरिने जानकारी दिए । हाल काठमाडौंको ठमेल, बौद्ध र ललितपुरको कुपण्डोलमा सञ्चालित मसाज क्लिनिक सिइङ्ग हयाण्ड्समा करिब डेढ दर्जन बढी दृष्टिबिहिन तथा अन्यले रोजगारी पाइरहेका छन् ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप