आउँदाे पौष १० गते बागलुङमा लगानी बहस हुँदै, सम्भावनाका क्षेत्र खोजिदै

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस ७, साेमबार,०३:४९:PM  
आउँदाे पौष १० गते बागलुङमा लगानी बहस हुँदै, सम्भावनाका क्षेत्र खोजिदै

काठमाडौं । आगामी पौष १० गते बागलुङमा लगानी बहस हुने भएको छ । जिल्लामा रहेको सम्भावनाका बिषयमा छलफल गर्ने उद्धेश्यले उक्त लगानी बहस हुन लागेको हो ।

बागलुङ लगानी बहसमा नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्र ढकाल, भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ मुख्य वक्ताहरु सहभागी हुनेछन् ।

त्यस्तै, उक्त बहसमा प्रदेश नम्बर ४ का अार्थिक मामला तथा याेजना मन्त्री किरण गुरूङकाे प्रमुख आतिथ्यता रहने जनाइएको छ ।  सो कार्यक्रमको सहजीकरण प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) अशोक शेरचनले गर्नेछन् । 

बागलुङ महोत्सवका अवसरमा हुने सो छलफलमा विभिन्न क्षेत्रका व्यवसायी, जिल्लाका व्यवसायी तथा जनप्रतिनिधी समेत सहभागीता रहनेछ । 

‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ भन्ने मूल नाराका साथ हुने कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघले आयोजना गर्नेछ । बीएसआर मुभिको हलमा हुने कार्यक्रममा पार्टनर बैंकका रुपमा प्रभु बैंक रहने जनाएको छ ।  
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top