करण चौधरी नाडा कार्यसमितिको हालसम्मकै कान्छा उपाध्यक्ष

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस १६, बुधबार,१२:२०:PM  
करण चौधरी नाडा कार्यसमितिको हालसम्मकै कान्छा उपाध्यक्ष

काठमाडौं– सीजी मोटोकर्प तथा सीजी होल्डिंग्स्का कार्यकारी निर्देशक करण चौधरी नेपाल अटोमोबाइल डिलर एसोसिएसनको उपाध्यक्षमा चयन भएका छन् ।    नाडाको सवारी कमिटिका सभापतिमा समेत मनोनित भएका चौधरी नाडामा कार्यभार सम्हाल्नेमा हालसम्मकै कान्छा उपाध्यक्ष भएका छन् ।

भर्खरै नाडाको अध्यक्षमा निर्वाचित कुष्ण प्रसाद दुलालको कार्यसमितिमा मुलुकको आर्थिक वृद्धिमा अटोमोबाइल व्यवसायलाई साझेदारका रुपमा स्थापित गर्न प्रतिबद्ध नयाँ पुस्ताका अटोमोबाइल उद्यमीहरुको बाहुल्यता छ ।

‘अटोमोबाइल व्यवसाय संकटग्रस्त रहेको अवस्थामा पाएको नयाँ जिम्मेबारी चुनौतीपूर्ण छ तर यसलाई म सहर्ष स्वीकार्छु । अटोमोबाइल व्यवसायले गुमाएको गौरवलाई फर्काउन म सम्बन्धित सबै पक्ष र निकायसँग सहकार्य गर्नेछु,’ उपाध्यक्षमा चयन भएपछि सीजी मोटोकर्पका कार्यकारी निर्देशक चौधरीले भने । 
 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top