देशभरका श्रमिकलाइ एकै ठाउँमा ल्याउन श्रम बैंक स्थापना गर्दै सरकार

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस २२, मङ्गलबार,०३:२८:PM  
देशभरका श्रमिकलाइ एकै ठाउँमा ल्याउन श्रम बैंक स्थापना गर्दै सरकार

काठमाडौं । देशभरका श्रमिकलाई एकै ठाउँमा समेट्ने गरी सरकारले श्रम बैंक स्थापना गर्ने भएको छ । श्रमिकहरुकै सहभागीतामा श्रमिकहरुकै वित्तीय आवश्यकता परिपूर्ति गर्न सहयोग पुग्ने गरी श्रम बैंक स्थापना गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले बताए ।

७५३ ओटै स्थानीय तहका सवै खालका श्रमिकहरु बैंक समेटेर सुचीकृत गरिने र फरक फरक इच्छा र रुचीअनुसारको श्रम भएका श्रमिकलाई प्रशिक्षण समेत दिइनेछ । प्रशिक्षित श्रमिकलाई बैंकमार्फत नै विभिन्न क्षेत्रमा श्रमका लागि उपलव्ध गराइने रेग्मीले बताए । 

श्रमिकलाई प्रशिक्षण तथा तालिमका लागि सरकारले सातओटै प्रदेशमा ट्रेनिङ सेन्टर खोल्नेछ । बैंकमा सुचीकरण भएका श्रमिक सम्वन्धीत क्षेत्रका रोजगारदाताले श्रममा लैजान सक्नेछन् । खासगरी, कृषि, प्लम्बर, उद्योग, सिलाइ, घरेलु उत्पादन, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा ती श्रमिक लैजान सकिनेछ । 

रोजगारदाताले कुन क्षेत्रमा श्रमिकहरु उपलव्ध गराउने हो बैंकबाटै उपलव्ध गराउन सक्नेछ । श्रम बैंक स्थापनाका लागि मन्त्रालयले बनाएको गठित अध्ययन टोलीले अहिले काम गरिरहेको रेग्मीले बताए । 

नयाँ अवधारणाका रुपमा श्रम बैंक स्थापना गर्न आवश्यक प्रक्रिया अध्ययन गरी यसैबर्षदेखि लागू हुने रेग्मीले बताए । यसअघि पनि सरकारले बजेटमै तोकेर श्रम बैंक स्थापना गर्ने भनेपनि योजना अघि बढ्न सकेको थिएन् । 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top