भुक्तानी पाएपछि सिताराम भन्छन्, ‘उखु सर्लाहीमा बेच्छौं, पैसा लिन काठमाडौं धाउनुपर्ने बाध्यता नहोस्’

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस २४, बिहीबार,०९:४७:PM  
भुक्तानी पाएपछि सिताराम भन्छन्, ‘उखु सर्लाहीमा बेच्छौं, पैसा लिन काठमाडौं धाउनुपर्ने बाध्यता नहोस्’

काठमाडौं । सर्लाहीका उखु किसान सिताराम महतोले दुइदिन अघि पाउनुपर्ने भुक्तानी चिनि मिलवालाबाट पाए । चिनी मिलवालाबाट उनले दुइबर्षको ६० हजार रुपैयाँ रुपैयाँ भुक्तानी मध्ये ५० हजार रुपैयाँ पाइसके । बाँकी १० मात्रै बाँकी रहेको उनी बताउँछन् ।

भुक्तानी पाएपछि उनी केही प्रफुलित नै छन् । तर, भुक्तानी पाउनका लागि सर्लाहीदेखि साथीभाइसँग ऋण काढेर काठमाडांैमा दुुइ हप्ता माइतीघर मण्डलामा बिना बास र गाँसको भरमा प्रदर्शन र विरोध गर्नुपर्यो । सतुंंगलबाट माइतीघरसम्म धर्ना गर्न जान लाग्दा भाडा नभएर छटपटिनु परेको पीडाको त कति हो कति । अहिले पाएको भुक्तानी त्यसबेला पाएको पीडाको मलम भएको छ ।

उखु विक्रिको पैसा पाएपछि उनीसँग क्यापिटल नेपालले लिएको प्रतिक्रियामा उनले उखु सर्लाहीमा लगाएर बेचे पनि भुक्तानी पाउन भने काठमाडौं नै आउनुपर्ने बाध्यता बिडम्बनापूर्ण रहेको बताए । यो अवस्था अन्त्य गर्न उनले सरकारसँग माग गर्दै भने, हामी किसानले लगाएको उखुको पैसा समयमै मिलवालाले दिओस् । सरकारले पनि अनुदान समयमै दिओस् । काठमाडौं नै आउनुपर्ने बाध्यता हामीलाइ नहोस् ।

बिहानीमा कुनै दयालुले दिएको कालोचिया र बिस्कुटकै भरमा हामी हरेक दिन विरोध गर्नुपरेको उनी सम्झिन्छन् । अर्का किसान सर्लाहीकै बिन्देश्वर राय पनि उखु लगाएर विक्रि गरेबापत भुक्तानी ग्यारेन्टी नगर्दा आफु बर्षेनी यसैगरी विरोध र आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य गर्न सरकारसँग माग गरेका छन् । उनले पनि चिनिमिलवाट आफ्नो केही भुक्तानी रकम पाएको बताए । तर, सम्पूर्ण भुक्तानी भने नपाएको बताए ।

उनले चिनी मिलबाट ६ लाख रुपैयाँ भुक्तानी लिन बाँकी हो । अहिले अन्नपूर्ण सुगर मिलले केही किसानलाइ दिनुपर्ने भुक्तानी गरेपछि किसानले राहत महसुस गरेका छन् ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top