नेवाः लहना स्वाद - संस्कृति र सामाजिक रुपान्तरणको पाठशाला 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस २६, शनिबार,११:००:AM  
नेवाः लहना स्वाद - संस्कृति र सामाजिक रुपान्तरणको पाठशाला 

कीर्तिपुरको समलढ्वाँकास्थित गेटबाट छिरेर पूर्वतर्फ सीधा अगाडि बढेपछि नेवाः लहनाको गेट आइपुग्छ । त्यहाँबाट भित्र छिरेपछि केही ओरालो गल्ली बाटो छ । त्यही“ ओरालोमा अवस्थित छ, नेवाः लहना । लहनाले विशुद्ध सम्पूर्ण नेवारी परिकारको स्वाद एकै छानामुनि प्रदान गर्छ । 

नेवारी खाना तथा परिकारको स्वाद लिन काठमाडौ“का विभिन्न कुनाकाप्चाबाट लहना आउनेको दैनिक ओइरो नै लाग्छ । लहनाको विषयमा एकबाट अर्को हुँदै सुन्न पाएका विदेशी पनि त्यहा“ नेवारी परिकारको स्वाद लिन आउने गरेका छन् । 

लहनामा नेवारी समुदायको विभिन्न परिकार पाउन सकिन्छ । यहाँ प्रख्यात नेवारी खाना, खाजा सेट, बारा, छोय्ला, कचिला, खे“ कचिला, ज“ ला, दाय्कु ला, सुकुटी, तिस्यो, खाःगो, सपुम्हिचा, झुकु, न्हेपु तिस्यो, सपुम्हिचा, दुरुपा, भुटन, मे“, मिखाः, तः खा, सन्याखुना, खे“ व, चटामरी, समयावजी, छ्याङ, यला सबै पाउन सकिन्छ ।

स्वादमा मात्र होइन, परिवेशमा पनि नेवारी संस्कृति झल्किन्छ यहाँ । महिलाहरु नेवारी भेषभूषामा आगन्तुकलाई परालको चकटी, भुइँमा राखेर ती परिकार पस्किएर सेवा गर्छन् । आधुनिक होटल, रेस्टुरा“भन्दा यहाँ फरक, नौलो स्वाद र सत्कार पाउँदा पाहुना पनि दंग पर्छन् । 

लहना स्थापनाको १४ वर्षमा हि“ड्दै गर्दा यसले कीर्तिपुरको विख्यात ब्रान्डको रुपमा आफूलाई स्थापित गरिसकेको छ । स्थापनाको सुरुआती दिनमा औसत ३ सय ५७ जना लहनामा आउ“थे । तर पछिल्लो दस वर्षको तथ्यांकमा यहाँ दैनिक औसत १७ सय ८९ जना स्वादपारखी आउने गरेको लहना स्थापनाका अभियानकर्ता राजमान महर्जन बताउँछन् । 

लहनाको अर्थ सभ्यता हो । लहना स्थापना कीर्तिपुरको सामाजिक, आर्थिक स्वावलम्बनसँग जोडिएको छ । राजमान महर्जनको अगुवाइमा ७६ वटा चुलो अर्थात् घरधुरीको सामूहिक लगानीमा २०६३ साल भदौ २२ गते सत्यमोहन जोशीको हातबाट उद्घाटन भएको लहना कीर्तिपुरमा सामाजिक तथा आर्थिक स्वावलम्बन कार्यक्रमअन्तर्गत रहेको थियो । 

‘नेवाः लहना भनेको नेवाहरुको सभ्यता हो ।’ अभियन्ता महर्जन सम्झछन्, ‘ठाम्बल टोलबाट नगौ“को मेरो खेतमा काम गर्न आउने युवाले स्वावलम्बनका लागि आफूहरुलाई रोजगारी चाहिएको कुरा गरेका थिए ।’

त्यो वर्ष न्हु दया भिन्तुना आयोजना गर्ने पालो हाम्रो ठाम्बाल टोल परेको थियो । त्यो अवसरमा टोल सजाउने काम आयो । त्यो वर्ष हामीले फरक तरिकाले नेवारी संस्कृति झल्किने किसिमले टोल सजाउने योजना बनायौ“ । हाम्रो संस्कारअनुसार परम्परादेखि प्रयोग गर्दै आइरहेको खर्पन, डालो, नाम्लो, सिकर्मी, डकर्मी तथा नेवार समुदायले प्रयोग गर्ने हामीले देखे–सुनेका सबै कुरा संकलन गरेर ठाम्बाल टोलको भित्ता–भित्तासम्म सजायौ“ ।’

न्हु दया भिन्तुनाको अवसरमा सजेको ठाम्बाल टोललाई देखेर त्यो समय सबै जिल्ल परेको सम्झन्छन्, राजमान महर्जन । उनी भन्छन्, ‘अब त्यसलाई संग्रहालयमा रुपान्तरण गरेर त्यसैबाट व्यापार सुरु गर्ने योजना बनायौ“ । अनि अरु थप सामग्री बटुलेर डेमो गर्ने योजना समुदायका सदस्यसँग साझा ग¥यौ“ । तर मानिस यी सामग्री मात्र हेर्न आउँदैनन् । यो सानो संग्रहालयलाई जीवन्त बनाउन खानाको व्यवसाय पनि स“गै सञ्चालन गरौ“ भन्ने सोच बन्यो ।’

त्यही समय नेवाः लहनाको सोच ठाम्बाल टोलका बासिन्दाको मस्तिष्कमा उदायो । नेवारी खानालाई नेपालको खानाको रुपमा चिनाउने र त्यसका लागि एउटा रेस्टुरा“ खेल्ने कुरा चल्यो । यसो गर्दा रोजगारी पनि सिर्जना हुने, संस्कृति पनि जर्गेना हुने भयो । त्यही“ सोचलाई पूरा गर्न राजमान महर्जनले प्रतिचुलो न्यूनतम ५ हजार रुपैयाँ संकलन गर्ने र नपुगे आफ्नो खल्तीबाट हाल्ने निर्णयसाथ १३ लाख लगानी गरी नेवाः लहना स्थापना भयो । 

‘३३ जना कर्मचारीबाट सुरु गरेको हाम्रो नेवाः लहनाले अचेल ९९ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । १३ लाखको लगानीमा सुरु गरेको व्यवसाय वार्षिक ९ करोडको टर्नओभर छ ।’ महर्जन अगाडि भन्छन्, ‘नेपालीको औसत प्रतिव्यक्ति आय अहिले हजार डलर छ तर हाम्रो ठाम्बाल टोलको ७९ चुलाको ३ सय ३२ जनाको प्रतिव्यक्ति आय अहिले औसतमा ३ हजार डलर रहेको छ ।’

कीर्तिपुरलाई एउटा ब्रान्डको रुपमा चिनाउन सुरु भएदेखि लहनाको शाखा अहिले पोखरा, बुटवलमा विस्तार भइसकेको छ । पोखरामा अर्को थप्ने र चितवनमा पनि सुरु गर्ने सोचमा रहेको महर्जन सुनाउ“छन् । अबको दुई–चार वर्षमा नेपालभरि लहना र यसको खानाको शाखा विस्तार हुने अपेक्षा आफूहरुले राखेको उनले बताए । ‘खानाको लोकप्रियताले नै त्यसको शाखा विस्तारमा सहयोग गर्छ ।’ महर्जन भन्छन् । 

लहना सुरु गर्दाताकाको दिन सम्भ“mदै  राजमान महर्जन भन्छन्, ‘त्यस समय सुरु गर्दा ७६ चुलोमा एकआपसमै विश्वासको वातावरण थिएन । त्यस्तो गल्लीभित्र सञ्चालन गर्दा मान्छे आउँछन् र भन्ने आशंका थियो । मान्छेले कस्तो– कस्तो गरिसके, हामीले यस्तो गरेर बस्दा के हुन्छ र भन्ने खालको मनोवृत्ति थियो ।’ आज त्यो दिन छैन । लहना आफै“मा कीर्तिपुरको पहिचान बनिसकेको छ ।

लहनालाई अहिले नेवाः लहना इन्भेस्टमेन्ट कम्पनीले सञ्चालन गरिरहेको छ । यो कम्पनीले लहना रेस्टुरेन्टको अलावा ठाम्बाल टोल परिसरमै टेलर, ग्रोसरी, बेकरी, मसला उद्योग, होमस्टे, क्युरो पसल र महिलाको मात्र म्युजियम छ । महिलाको म्युजियममा सुकुल, तान बुन्ने, चिउरा, धान कुट्ने, नेवारी खाना बनाउने विधिबारे जानकारी दिने व्यवस्था थियो । तर अहिले ठाउँ अभावले त्यो काम रोकिएको महर्जन बताउँछन् । भइरहेको कामलाई थप बढाएर लहनालाई विस्तार गर्ने योजना रहेको उनले बताए । 

नेवारी खानाको गन्तव्यको रुपमा चिनिएको लहना, सांस्कृतिक जागरण, आर्थिक रुपान्तरण र सामाजिक व्यवस्थापनको जीवन्त पाठशाला हो । ‘नेपाली तथा विदेशीहरु जो काठमाडौ“  आउ“छन्, यहा“ आएपछि कीर्तिपुरको लहना पुग्नैपर्ने गन्तव्य बनिसकेको छ । कुनै समय कीर्तिपुरको प्रत्येक घरमा तान बुन्ने प्रचलन थियो । त्यो हराएसँगै कीर्तिपुरको पहिचान संकटमा प¥यो ।

अहिले कीर्तिपुरको पहिचान फेरि लहनाले चिनाउन थालेको छ । भूकम्पीय जोखिमबाट सुरक्षित बहुसंख्यक नेवार समुदायको बस्ती बीचमा रहेको सुरक्षाको दृष्टिले उत्कृष्ट लहना भोलिका दिनमा कीर्तिपुरको मात्र होइन, सिंगो नेपालको पनि शान बन्नेछ,’ महर्जन भन्छन्, ‘राज्यले पनि बुझ्नुपर्छ । कतिपय कुरा सबै ठाउँमा सम्भव छैन ।

कुनै ठाउँमा पर्यटकीय उद्योगको रुपमा, व्यापारको रुपमा अथवा मान्छेलाई त्यसको महङ्खव बुझाउने हिसाबले त्यो ठाउँ प्रवद्र्धन गर्नुपर्छ–घान्द्रुकजस्तै । कीर्तिपुर रिङरोडभित्र अहिले पनि करिब ९९ प्रतिशत नेवार समुदायको बसोबास छ । त्यसकारण यसलाई राज्य र निकायले अवसरको रुपमा लिनुपर्छ ।’

युजु खालिङ

क्यापिटल म्यागजिन पुस अंकबाट
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी जीवनशैली बाट थप

Top