शनिबार, जेष्ठ १ २०७८ ११:५४ PM

×

राजश्व चुहावटको अभियोगमा ६ जना विरुद्ध १२ करोड ५७ लाखको मुद्धा दायर

images

काठमाडौं । राजश्व चुहावटको अभियोगमा ६ जना विरुद्ध १२ करोड ५७ लाख रुपैयाँ बिगो दाबी सहित काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर भएको छ ।

हाई वे लिंक प्रालिका संचालक फिरोज मास्के, जनार्दन भण्डारी, भाईराजा श्रेष्ठ, देवराज अधिकारी र रोज ईन्टरप्राईजेजकाका प्रोप्राइटर  फिरोज मास्के र वेष्ट वे सोलुसन प्रालिका संचालक  देवराज अधिकारी  समेतले मालवस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मुल्य अभिवृद्धि कर विजक मात्र खरिद गरी नेपाल सरकारलाई तिर्नु पर्ने कर दायित्व नतिर्ने प्रपन्च रचेपछि राजस्व चुहावटको कसूरमा मुद्धा दायर गरिएको हो । 

उनीहरुलाई बिगोसहित ३ बर्ष कैद सजायको माग सहित अदालतमा मुद्धा दायर भएको हो ।

सोमबार २८ पौष २०७६ ०८:२३ PM मा प्रकाशित

प्रतिक्रिया