राष्ट्र बैंकले ५,१० र ५०० दरका नयाँ नोट छाप्दै, कम्पनीसंग प्रस्ताव आब्हान 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस २९, मङ्गलबार,१२:३६:PM  
राष्ट्र बैंकले ५,१० र ५०० दरका नयाँ नोट छाप्दै, कम्पनीसंग प्रस्ताव आब्हान 

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५, १० र ५०० दरका नयाँ नोट छपाइ गर्ने भएको छ । केन्द्रीय बैंकले ५ रुपैयाँ दरका ३० करोड थान, १० रुपैयाँको ३४ करोड थान र ५०० दरका १९ करोड थान नयाँ नोट छपाइ गर्न लागेको हो । 

नयाँ नोटको डिजाइन, छपाइ र आपूर्तिका लागि विदेशी कम्पनीहरुसंग पूर्व योग्यता छनौट प्रक्रिया अघि बढाएको छ । पूर्व योग्यतामा छनौट हुनेले मात्र अन्तराष्ट्रिय बोलपत्र (ग्लोबल टेण्डर) मा भाग लिन पाउने छन । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top