राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ माघ १०, शुक्रबार,०४:०२:PM  
राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका छन् । पहिलो कार्यकालमा दुई वर्ष र दोस्रो कार्यकालमा करिव २ वर्ष विज्ञ सल्लाहकार रहेका प्याकुरेलले शुक्रबार राजीनामा दिएका हुन् ।

कानूनका सामू सबैको समान हैसियत कायम गराउने नागरिकको आकांक्षाको पक्षमा योगदान गर्न विज्ञ सल्लाहकारबाट राजीनामा दिएको उनले बताएका छन् ।

उनले संवैधानिक अंगहरूमा सुशासनका मूलभूत मान्यतालाई आत्मसात गर्दै उच्च लोकतान्त्रिक मूल्य, मान्यता र नैतिकताको जर्गेना गर्न सजग हुनुपर्छमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top