कमिसनको लोभमा तेस्रो कम्पनी खडा गरेर भित्र्याइँँदै राष्ट्रपतिका गाडी

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ माघ २२, बुधबार,०४:१८:PM  
कमिसनको लोभमा तेस्रो कम्पनी खडा गरेर भित्र्याइँँदै राष्ट्रपतिका गाडी

काठमाडौं । टोयोटा गाडीको नेपालमा आधिकारिक विक्रेता यूनाइटेड ट्रेडर्स भएपनि कमिसनका लागि राष्ट्रपति विद्याादेवि भण्डारीका लागि ल्याउन लागिएको गाडीका लागि थाईल्याण्डमा तेस्रो कम्पनी खडा गरिएको पाइएको छ ।

टोयाटोको हाइल्याण्डर कार नेपालकै कम्पनीबाट सजिलै मगाउन सकिने भएपनि थाइल्याण्डमा कम्पनी खडा गरेर नेपाल भित्रााउन लागिएको हो । 

कमिसनकै लागि नेपालकै कम्पनीबाट मगाउन सकिने कारलाई थाइल्याण्डको तेस्रो कम्पनीमार्फत मगाउन लागिएको स्रोतले क्यापिटल नेपाललाई जानकारी दिए ।

थाइल्यान्डमा ओरा इन्टरट्रेड कम्पनी लिमिटेड खोलेर सोहीमार्फत राष्ट्रपतिका लागि गाडी ल्याइने भएको हो । आर्थिक ऐनलाई मिच्दै नयाँ कम्पनी बनाएर गाडी ल्याउन लागिएको हो । नेपालमा टोयोटा गाडी बिक्री गर्दै आएका बैद्य अर्गनाइजेसनका अध्यक्ष सुरज बैद्यकै सहयोगमा थाइल्यान्डमा कम्पनी खोलेर त्यसमार्फत गाडी ल्याउन लागिएको स्रोतले बतायो । 

टोयोटाको नेपालका लागि आधिकारिक बिक्रेता यूनाइटेड ट्रेडर्समार्फत गाडी भित्र्याउँदा वास्तविक लागतमै ल्याउनुपर्ने र कमिसन खान नपाइने भएपछि तेस्रो कम्पनी खडा गरेर गाडी खरिद गर्न लागिएको हो । 

सरकारले २०७५ मङ्सिरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई सवारीका लागि टोयोटाको गाडी खरिद गर्न प्रतीतपत्र खोलेको छ । 
राष्ट्रपतिलाई गाडी खरिदका लागि १४ करोड ३२ लाख (१२ लाख ३४ हजार ४ सय ६८ अमेरिकी डलर) को प्रतीतपत्र खोलेको हो । 

स्रोतका अनुसार राष्ट्रपति भण्डारीका लागि किन्न लागिएको गाडीको मूल्य ३५ हजार ५ सय अमेरिकी डलर पर्छ । त्यसलाई बुलेटप्रुफ बनाउँदा पनि एक लाख अमेरिकी डलर भन्दा बढी पर्दैन । त्यो भनेको सवा करोड रुपैयाँ भन्दा बढी होइन । तर, यहाँ बुलेटप्रुफ बनाउन ६ करोड रुपैयाँ भन्दा बढी लाग्ने बताइरहेका छन् । 

आधिकारिक विक्रेता बिनै किनिँदै राष्ट्रपति कार्यालयलाई सुविधायुक्त गाडी

सुरुमा मर्सिडिज बेञ्ज किन्न लागिएको भएपछि मर्सिटिजले १४ करोडको बिल बनाउन नसक्ने बताएपछि टोयोटा गाडी किन्न तयार भएका हुन् । मर्सिडिज निर्माताले गाडीको वास्तविक लागत मात्रै लिने र सोही अनुसार मात्रै बिल बनाउने बताएको थियो ।

मर्सिडिज बेञ्चले नेपाल पक्षले गरेको प्रस्ताव अस्वीकार गरेपछि थाइल्यान्डको ओरा इन्टरट्रेड कम्पनी लिमिटेडमार्फत गाडी ल्याउने तयारी गरेको छ । 

सस्तो गाडीलाई महँगो मूल्यमा किनेको बिल बनाउनुपर्ने भएपछि आधिकारिक बिक्रेतामार्फत उक्त गाडी नल्याई तेस्रो कम्पनी खडा गरेको हो । 

आर्थिक ऐन अनुसार गाडी किन्दा अनिवार्य रुपमा आधिकारिक विक्रेतामार्फत मात्रै गाडी खरिद गर्नुपर्ने व्यवस्था छ ।  

 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अटो बाट थप

Top