भारतीय पर्यटकले भुटानमा दैनिक १२०० भारु खर्चिनुपर्ने  

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ माघ २६, आइतबार ,०५:४७:PM  
भारतीय पर्यटकले भुटानमा दैनिक १२०० भारु खर्चिनुपर्ने  

भुटानले पर्यटकको संख्या घटाउन तथा  गुणस्तरिय पर्यटक भित्र्याउन पर्यटक आगमनमा थप कडाई गरेको छ । जसले गर्दा भुटान घुम्न जाने पर्यटकलाई थप महंगो हुने भएको छ ।

भुटानले भारत, बंगलादेश र माल्दिभ्सबाहेकका अन्य देशका पर्यटकहरुका लागि प्रतिदिन ६५ अमेरिकी डलर खर्च गर्नुपर्ने नयाँ व्यवस्था लागु गरेको छ । यो बाहेक सबै पर्यटकलाई २ सय ५० डलर प्रतिब्यक्ति प्रवेश शुल्क लाग्ने जनाएको छ । फेब्रुेवरी ३ मा भुटानको संसदले पारित गरेको नयाँ  व्यवस्थालाई ‘सस्टेनेबल डेभलप्मेन्ट फिस’ नाम दिइएको छ ।

भुटानमा पर्यटकको संख्या बृद्धि हुदा स्थानिय पर्यावरण तथा भुटानी सस्कृतीमा असर परेको भन्दै भुटान सरकारले पर्यटक आगमनमा कडाई गर्न नयाँ व्यवस्था ल्याएको हो । 

भुटानमा सबैभन्दा बढी भारतका पर्यटकहरु भ्रमणका लागि जाने गर्छन् । भिषा नचाहिने तथा नजिकको सस्तो गन्तब्य पनि भएको कारण भुटान भारतीय पर्यटकको रोजाईमा पर्ने गर्छ । तर, अब भुटानले भारतीय पर्यटकहरुलाई पनि भुटान सरकारले प्रतिदिनको हिसाबले शुल्क लगाउने भएको हो ।

अब भारतीयलाई भुटान प्रवेश गर्दा प्रतिदिन १२ सय भारतिय रुपैयाँ शुल्क लाग्ने भएको छ । भुटानको संसदले सोमबार ‘टुरिजम लेवी एन्ड इग्जेम्शन बिल अफ भुटान–२०२०’ नामको एक बिधेयक पारित गरेको छ । जसले गर्दा अब भारत, बंगलादेश र माल्दिभ्सका पर्यटकलाई भुटान जानको लागि २०२० जुलाई देखि प्रतिदिनको हिसाबले शुल्क तिर्नुपर्ने भएको हो ।

नयाँ व्यवस्था अनुसार भारतका १८ बर्षभन्दा बढी उमेरका पर्यटकले दिनको १२ सय र सो भन्दा कम उमेरका पर्यटकलाई प्रतिदिन ६ सय भारतिय रुपैयाँ शुल्क लाग्नेछ । 

भुटानले आफ्नो पर्यटकिय गन्तब्य जोगाउन गुणस्तरमा ध्यान दिइरहदा नेपालले भने संख्यालाई प्राथमिकता दिएको छ । नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउन भन्दै भर्खरै ‘नेपाल भ्रमण बर्ष २०२०’ घोषणा गरेको छ । भुटानमा  जस्तै नेपालमा पनि सबैभन्दा बढी भारतीय पर्यटक नै भित्रन्छन् ।

यहि समय भुटानले भारतीय पर्यटकलाई कडाई गर्दा त्यसको लाभ नेपालले लिन सक्ने देखिन्छ । भारतका नागरिकलाई भुटानमा जस्तै नेपाल प्रवेश गर्दा पनि भिषाको आवश्यकता पर्दैन । सामान्य परिचयपत्रको आधारमा सजिलै नेपाल प्रवेशको स्विकृति पाउछन् । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top