बुटवल पावरले पायो ७४ करोड लाभांश 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ माघ २८, मङ्गलबार,१२:१३:PM  
बुटवल पावरले पायो ७४ करोड लाभांश 

काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड(बीपीसी) ले चालु आर्थिक वर्षमा विभिन्न सहायक कम्पनीबाट ७४ करोड १३ लाख रुपैयाँ लाभांश पाएको छ ।

बीपीसीले हिमाल पावर लिमिटेड, खुदी हाइड्रोपावर लिमिटेड र नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेडबाट सो रकम लाभांश पाएको हो । यसमध्ये झण्डै ६० करोड रुपैयाँ खिम्ति आयोजनाको प्रवद्र्धक हिमाल पावरबाट पाएको छ । 

आउँदो साउनदेखि खिम्तिको आधा स्वामित्व नेपाल विद्युत प्राधिकरणमा जाने भएपछि हिमालबाट पाउने लाभांश घट्ने छ । चालु आर्थिक वर्षको ६ महिनामा बीपीसीको खुदनाफा १३.२७ प्रतिशत बढेर ८५ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

गत वर्षको सोही अवधिमा ७५ करोड ८२ लाख रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ छ । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top