एनआईसी एशियाका सञ्चालक संघाईलाई सीआईपी सम्मान  

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ फागुन १, बिहीबार,०१:५८:PM  
एनआईसी एशियाका सञ्चालक संघाईलाई सीआईपी सम्मान  

काठमाडौं । एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघाईलाई मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै नेपाल सरकारले  “महत्वपूर्ण व्यावसायिक व्यक्ति” बाट सम्मानित गरेको छ । 

सिआइपी नेपाल सरकारको तर्फबाट निजी क्षेत्रलाई दिने सबै भन्दा ठुलो सम्मान हो । नेपाल सरकारको तर्फबाट उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले गत मंगलवार आयोजना गरेको एक विशेष समारोहमा  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरे ।

त्रिवेणी स्पिनिङ मिल्सले नेपालबाट तेस्रो मुलुकमा सबैभन्दा बढी रकमको वस्तु निर्यात गर्ने उद्योग बन्न सफल भएको भन्दै संघाईलाई उक्त सम्मान नेपाल सरकारले गरेको हो । 

 

 

 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कर्पोरेट बजार बाट थप

Top