वायुसेवा निगममा महाप्रवन्धक: प्रधानमन्त्रीको रोजाइमा केसी र पर्यटनमन्त्रीका गुराँगाई 

account_box सुवास योञ्जन ,
प्रकाशित: २०७६ फागुन २, शुक्रबार,०४:५५:PM  
वायुसेवा निगममा महाप्रवन्धक: प्रधानमन्त्रीको रोजाइमा केसी र पर्यटनमन्त्रीका गुराँगाई 

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रवन्धक बन्न अहिले आन्तरिकसँगै बाह्य क्षेत्रका व्यक्ति पनि दौडमा लागेका छन् । निगम भित्रकै कर्मचारीलाई महाप्रवन्धक बनाउदा समस्या आएको भन्दै बाहिरबाट नियुक्ती गर्ने तयारीमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको तयारी छ ।

उनले बारम्बार निगम भित्र ठूलो अप्रेशन नगरी सुधार नआउने सार्वजनिक रुपमा बताउदै आएका थिए । त्यही भएर पनि अहिले निगमको महाप्रवन्धक नियुक्तीमा ढिलाई हुन गएको छ । निगमलाई चुस्त र प्रतिस्पर्धात्मक बनाउनकै लागि भएपनि योग्य महाप्रवन्धकको खोजिमा पर्यटनमन्त्री भट्टराई लागिपरेका छन् ।

लामो समय निगममा काम गरेका मदन खरेललाई दबाब दिएर कार्यकारी अध्यक्षबाट राजीनामा गराएका कारण अब नियुक्त हुने महाप्रवन्धक खरेल भन्दा उत्कृष्ट ल्याउनु पर्ने चुनौती मन्त्री भट्टराई सामु छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्व.रविन्द्र अधिकारी पर्यटन मन्त्री रहदानै महाप्रबन्धमा सुगतरत्न कंसकारको कार्यकारी अधिकार खोजेर खरेललाई नियुक्ती गरेका थिए ।

त्यसपछि पर्यटन मन्त्रीले आफ्नो लाइन (खेमा) नमिलेकै कारण पटक पटक निगम छोड्न दबाब दिएकै कारण खरेलले १४ महिनामै राजीनामा दिएका थिए ।मैदान खाली गराएर खरेल हिडेपछि अहिले महाप्रवन्धकको लागि विभिन्न व्यक्तिहरु शक्ति केन्द्रमा धाउन थालेका छन् ।

त्यति मात्र हैन, प्रधानमन्त्री ओली र पर्यटन मन्त्री भट्टराई पनि आफू निकटका व्यक्तिलाई महाप्रवन्धक बनाउन लागि रहेका छन् । मन्त्रालय स्रोतका अनुसार ओलीको रोजाईमा उड्डयन विज्ञ राजुबहादुर केसी र पर्यटन मन्त्री भट्टराईको रोजाइमा चार्टर एकाउन्टेन महेश गुराँगाई परेका छन् ।
पर्यटनमन्त्री भट्टराई आफ्नो अडानबाट पछि हट्ने सोचमा छैनन । प्रधानमन्त्री ओली केसीलाई नै बनाउने अडानमा देखिएका छन् । प्रधानमन्त्री कार्यालय र पर्यटन मन्त्रालयबीच कुरा नमिलेकै कारण करिब २५ दिनदेखि निगम नेतृत्वविहिन छ । 

यसैबीच महाप्रवन्धककै लागि निगम भित्रबाटै पनि चार जना प्रतिस्पर्धामा देखिएका छन् । पूर्व अपरेशन डाइरेक्टरहरु सुवास रिजाल र रवीन्द्रकुमार शेरचन, कमर्शियल डाइरेक्टर टंकनिधि दाहाल र उपनिर्देशक करिश्मा श्रेष्ठ महाप्रवन्धकको दौडमा छन ।  नयाँ आउने महाप्रवन्धकलाई लामो समयदेखि घाटामा रहेको निगमलाई सञ्चालनमै चुनौती देखिन्छ ।

एक वर्षअघि ल्याएको दुई ओटा वाइडबडी जहाजको नयाँ गन्तव्य,वाइडबडी र न्यारोबडीको किस्ता, पाइलटको व्यवस्थापन र चिनियाँ जहाज सञ्चालन गर्ने लगाएतका धेरै समस्याहरु निगम भित्र छ । यति मात्र हैन,त्यहाँ भित्र विभिन्न क्षेत्रमा रहेको गुट/उपगुटलाई मिलाएर लैजान समेत महाप्रवन्धकलाई चुनौतीको रुपमा देख्न सकिन्छ । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पर्यटन बाट थप

Top