सरकारले श्रम स्वीकृति रोक्यो, वैदेशिक रोजगारीमा जान बन्द

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ फागुन ३०, शुक्रबार,०८:५९:AM  
सरकारले श्रम स्वीकृति रोक्यो, वैदेशिक रोजगारीमा जान बन्द

काठमाडौं । कोरना भाइरसको संक्रमणले बिभिन्न मुलुकले कामदार लिन छोडेपछि नेपालले पनि श्रम स्वीकृति रोकेको छ  । सरकारको निर्णयअनुसार अब नेपालीले वैदेशिक रोजगारीमा तत्कालका लागि जान नपाउने भएका छन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले विदेशमा रोजगारीमा जानका लागि श्रम स्वीकृति रोकिएको जानकारी दिए। उनले श्रम स्वीकृति रोकिएपछि कामदार विदेश जान बन्द हुने बताए । 

रोजगारदाता मुलुकले कामदार लिन रोकेको छ,श्रम मन्त्री यादवले भने ,हामीले श्रम स्वीकृति दिएर मात्र भएन,त्यसैले रोक्ने निर्णय गरेका हौं । अहिले कतार,साउदी अरब,कोरिया लगायतका मुलुक ले कामदार लिन बन्द गरेको छ । 

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना भाइरस रोकथामका उपायस्वरुप पर्यटक भिसा नदिने र छिमेकी मुलुक भारतसँग जोडिएका सीमानाकाहरु सीमित गर्ने निर्णय पनि गरेको छ।

यसैगरी अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि अप्रिल ३० अघि नो अब्जेक्सन सर्टिफिकेट नदिने निर्ण गरेको छ । विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेको छ । नेपाललाई अतिसम्वेदनशील मुलुकको सूचीमा राखेको छ । 

विदेशमा रहेका नेपालीहरुलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।तेस्रो मुलुकका नागरिकहरुलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा दिइँदै आएको सुविधा आगामी मार्च १४ देखि अप्रिल ३० सम्मका लागि स्थगित गरिएको छ ।

विदेशीहरुलाई दिइँदै आएको अनअराइभल आगामी मंगलबारदेखि  अप्रिल ३०सम्म स्थगित गरिएको छ ।  नेपाल प्रवेश गर्ने नेपाली, गैरआवासीय नेपाली र विदेशीहरुले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी रोजगार बाट थप

Top