तीन दिनमै साढे तीन लाखले काठमाडाैँ छाडे 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ७, शुक्रबार,१२:२०:PM  
तीन दिनमै साढे तीन लाखले काठमाडाैँ छाडे 

काठमाडौं । कारोना भाइरसको सन्त्राशका कारण तीन दिनमा झन्डै साढे तीनलाख मानिस उपत्यकाबाट गाउँ फर्र्किएका छन् । सरकारले पनि कोरोना रोकथामको लागी केहि महत्वपूर्ण निर्णय गरेपछि बिशेष गरि काठमाडौमा अध्ययनरत बिद्यार्थीहरु    उपत्यका छोड्न लागेका हुँन् । 

महानगरिक ट्राफिक महाशाखाका उपरिक्षक तथा प्रवक्ता जिवन कुमार श्रेष्ठका अनुसार झण्डै साढे ३ लाख मानिसहरु तीन दिनमा उपत्यकाबाट बाहिरिएका छन् । काठमाडौंमा बढी हल्ला हुदा पनि यात्रुहरु बाहिर निस्कन लागेका हुन् । सरकराले स्कुल, कलेज, सिनेमाहल, जिमलगायतका बढी मानिस भेला हुने स्थानहरु बन्द गरेपछि काठमाडौ छाड्नेहर बढेका हुन् ।

महाशाखाको तथ्याङ्क अनुसार गत ४ गते काठमाडौंबाट ९६ हजार, ५ गते  ९५ हजार र बिहिबार एकलाख २० हजार मानिसले उपत्यका छाडिसकेका छन्  । पुरानो तथा नयाँ बसपार्कमा बिहान उपत्यका छोड्नेको घुइचो बढी छ । उपत्यकामा पनि सर्वजनिक यातायात चढ्ने यात्रुको सङ्ख्या ह्वातै घटेको छ ।    

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top